कीवर्डहरू -

टेलिकमले आफ्ना सेवाहरुमा लाग्ने बिलम्ब शुल्क मिनाहा गर्ने

टेलिकमले आफ्ना सेवाहरुमा लाग्ने बिलम्ब शुल्क मिनाहा गर्ने

नेपाल टेलिकमले आफ्ना सेवाहरुमा लाग्ने बिलम्ब शूल्क असार ७ गतेसम्म मिनाहा गर्ने भएको छ ।

कोरोना भाइरसले गर्दा देशमा कायम रहेको लकडाउनमा ग्राहकहरुको सुविधालाई ध्यानमा राखि कम्पनीले आफ्ना सेवाहरुमा लाग्ने बिलम्ब शूल्क असार ७ गतेसम्म मिनाहा गर्ने निर्णय गरेको हो ।

कम्पनीका सेवा प्रयोग गरेवापत तिर्नुपर्ने महशुल बुझाउने ग्राहकलाई असार ८ गतेदेखि यस्ता महशुलमा नियमानुसार बिलम्ब शुल्क लागु हुनेछ ।