कीवर्डहरू -

भ्वाइस तथा डेटा सेवामा टेलिकमले उपलब्ध गराउँदै आएको स्टे कनेक्टेड अफर कायमै

भ्वाइस तथा डेटा सेवामा टेलिकमले उपलब्ध गराउँदै आएको स्टे कनेक्टेड अफर कायमै

भ्वाइस तथा डेटा सेवामा नेपाल टेलिकमले उपलब्ध गराउँदै आएको स्टे कनेक्टेड अफर कायमै रहने भएको छ ।

स्टे कनेक्टेड अफरको जीएसएम सेवामा डाटा प्याक अन्तर्गत पहिलो प्याकेजमा १ सय रुपैयाँमा १ जीबी डाटा खरिद गर्दा ३ जीबी डाटा बोनस स्वरुप प्राप्त हुनेछ र प्राप्त हुने बोनस कम्पनीको फोरजी नेटवर्कमा ५ दिनभित्र खपत गर्नुपर्नेछ ।

यसैगरी दोश्रो प्याकेजमा २ सय रुपैयाँमा २ जीबी डाटा खरिद गर्दा ८ जीबी डाटा बोनस स्वरुप प्राप्त हुनेछ र कम्पनीको फोरजी नेटवर्कमा ७ दिनभित्र खपत गरिसक्नु पर्नेछ ।

यसरी १ सय रुपैयाँमा बोनससहित कुल ४ जीबी र २ सय रुपैयाँमा बोनससहित १० जीबी डाटा प्रयोग गर्न सकिनेछ ।

त्यस्तै कम्पनीकै नेटवर्क भित्र भ्वाइस कल गर्न जीएसएम र सीडीएमए सेवामा हाल उपलब्ध भ्वाइस प्याक खरिद गर्दा ५० प्रतिशत छुट उपलब्ध हुने छ ।

सो अन्तर्गत पहिलो प्याकेजमा ४० मिनेटको भ्वाइस प्याक एक दिनका लागि २५ रुपैयाँमा खरिद गर्दा २० मिनेट बोनस उपलब्ध हुनेछ ।

यसैगरी दोश्रो प्याकेजमा १९० मिनेटको भ्वाइस प्याक सात दिनका लागि १ सय रुपैयाँमा खरिद गर्दा ९५ मिनेट बोनस उपलब्ध हुनेछ ।

यसरी २५ रुपैयाँमा एक दिनका लागि बोनससहित ६० मिनेट र १ सय रुपैयाँमा ७ दिनका लागि बोनससहित २८५ मिनेटको भ्वाइस सेवा प्राप्त हुनेछ ।

उक्त स्टे कनेक्टेड अफर नेपाल टेलिकम एप र युएसएसडी बाट खरिद गर्न सकिन्छ । युएसएसडी बाट खरिद गर्न *१४१५*१०# डायल गर्नुपर्दछ । थप जानकारी कम्पनीको वेबसाइटबाट प्राप्त गर्न सकिन्छ ।

यसैगरी टेलिकमले जीएसएम मोबाइल डाटा सेवा र सीडीएमए मोबाइल डाटा सेवाको आधारभूत दरमा उपलब्ध गराइएको क्रमशः ३० प्रतिशत र २७ प्रतिशत छुटलाई निरन्तरता नदिने भएकाले असार १ गतेबाट यी सेवाको प्रयोगमा नियमित शुल्क लागु हुनेछ ।