यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (स्मार्ट लाईसेन्स) होम डेलिभरी मार्फत घरमै उपलब्ध गराउने भएको छ । होम डेलिभरीको व्यवस्था भएपछि सवारी चालक अनुमतिपत्र लिनको लागि यातायात कार्यालय जानुपर्ने बाध्यताको अन्त्य हुनेछ ।
यसको लागि विभागले बागमति प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रस्ताव गरिसकेको छ । उक्त प्रस्ताव स्वीकृत भएपछि होम डेलिभरी मार्फत स्मार्ट लाईसेन्स घरमै उपलब्ध हुनेछ ।