कीवर्डहरू -

स्वास्थ्यका महत्वपूर्ण संकेत जाँच्न मिल्ने मोबाइल एप बनाउन महाबिर पुनको आह्वान

स्वास्थ्यका महत्वपूर्ण संकेत जाँच्न मिल्ने मोबाइल एप बनाउन महाबिर पुनको आह्वान

राष्ट्रिय आविस्कार केन्द्रका संस्थापक महाबिर पुनले स्वास्थ्यका महत्वपूर्ण संकेत जाँच्न मिल्ने मोबाइल एप बनाउन आह्वान गरेका छन् । पुनले उक्त मोबाइल एप बनाउनको लागि अनुसन्धान गर्न चाहिने आवश्यक खर्च राष्ट्रिय आविस्कार केन्द्रले उपलब्ध गराउने समेत बताएका छन् ।

उक्त मोबाइल एप मार्फत विरामी आफैले आफ्नो मुटुको धड्कन, शरिरको तापक्रम, रगतमा अक्सिजनको मात्रा तथा रक्तचाप जाँच्न सक्ने र सोझै डाक्टरहरुलाई पठाउन सक्ने खालको हुनुपर्ने छ ।

यो मोबाइल एप विकास गर्न सकियो भने कोरोना महामारीमा पनि धेरै उपयोगी हुने डाक्टरहरुले बताएको पुनले जानकारी दिएका छन् ।

यसको लागि कम्तिमा चार जनाको टिम मिलेर छोटो अवधारणा पत्र [email protected] इमेलमा पठाउन सकिने छ ।