कीवर्डहरू -

गृह मन्त्रालयको एसएमएस प्रणाली ह्याक

गृह मन्त्रालयको एसएमएस प्रणाली ह्याक

गृह मन्त्रालयको सर्ट म्यासेज सर्भिस (एसएमएस) प्रणाली ह्याक भएको छ । बुधबार दिउँसो करिब २ बजे मन्त्रालयको एसएमएस प्रणालीमा अनधिकृत रुपमा ह्याकरले पहँच पुर्‍याएको गृह मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिएको हो ।

\"\"

उक्त प्रेस विज्ञप्तिमा भनिएको छ, ‘असार ३ गते दिउँसो करिब २ बजे मन्त्रालयको एसएमएस प्रणालीमा अनधिकृत रुपमा पहँच पुर्‍याई (ह्याक गरी) गलत सूचना एसएमएस मार्फत प्रसारित गरेको पाइएकाले यस मन्त्रालयको गम्भिर ध्यानाकर्षन भएको छ’ ।

गलत तथा भ्रामक  एसएमएस यस मन्त्रालयबाट सम्प्रेषण नगरिएको समेत उक्त प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । साथै यस घटनाको अनुसन्धानको कार्य सुरु गरी सकिएको समेत मन्त्रालयले जनाएको छ ।