कीवर्डहरू -

सस्तोडिलमा डोल्मा इम्प्याक्ट कोषको थप १ मिलियन डलर लगानी

सस्तोडिलमा डोल्मा इम्प्याक्ट कोषको थप १ मिलियन डलर लगानी

नेपालको ईकमर्श कम्पनी सस्तोडिलमा डोल्मा इम्प्याक्ट कोषले थप १ मिलियन डलर लगानी गर्ने भएको छ ।

हाल चलिरहेको लगानी जुटाउने कार्य अन्तर्गत सस्तोडिल डटकमले अन्य शेयरधनीहरू सँगै डोल्मा इम्प्याक्ट कोषबाट पनि कोष संकलन गरेको हो ।

उक्त लगानी कम्पनीको वार्षिक आम्दानी आगामी १८ महिनामा एक अर्ब रुपैयाँ पुर्‍याउने ‘माइलस्टोन’ लक्ष्य हाासिल गर्न प्रयोग गरिने बताइएको छ ।

डोल्मा इम्प्याक्ट फण्ड नेपालको पहिलो अन्तर्राष्ट्रिय निजी इक्विटी कोष लगानीकर्ताको रूपमा परिचित रहेको छ । डोलमा इम्प्याक्ट फन्ड सस्तोडिलमा पहिलैदेखि नै एक शेयरधनीको रुपमा रहेको छ ।

उक्त कोष वृद्धिले उत्पादनको वर्गीकरण, नयाँ प्रतिभालाई स्थान, कोर अपरेसन, विक्रेता सशक्तीकरण र नेपालका अन्य क्षेत्रहरूमा सेवा विस्तार लगायतका क्षेत्रहरूलाई समेट्ने सहयोग पुग्ने कम्पनीले बताएको छ ।

यस लगानीले काठमाडौं भित्र र बाहिरका दुबै उपभोक्ता तथा व्यवसायी माझमा सेवा लिएर जान सहयोग गर्ने कम्पनीको विश्वास छ ।