कीवर्डहरू -

युनिभर्सल एसेप्टेन्स सम्वन्धी सचेतनात्मक वेविनार सम्पन्न 

युनिभर्सल एसेप्टेन्स सम्वन्धी सचेतनात्मक वेविनार सम्पन्न 

कोरोना संकटसँगै भएको लकडाउनका कारण नेपालमा पनि अनलाइनबाट सञ्चालन हुने विभिन्न वेविनारहरु प्रचलनमा छन । यसैक्रममा इन्टरनेट फाउण्डेसन नेपालले युनिभर्सल एसेप्टेन्स सम्वन्धी सचेतनामुलक वेविनार वुधवार सम्पन्न भएको छ ।


वेविनारमा अन्तराष्ट्रिय डोमेन नेम (IDNs), इमेल एड्रेस इन्टरनेशनलाइजेशन (EAI) र युनिभर्सल एसेप्टेन्स (UI) को विषयमा छलफल तथा अन्तकृया भएको थियो । कार्यक्रममा अन्तराष्ट्रिय क्षेत्रका विज्ञहरुसँगै नेपालबाट पनि सरोकारवाला तथा उपभोत्ताहरको उपस्थिती रहेको थियो ।


कार्यक्रममा वत्ताको रुपमा डा. अजय दत्त, युनिभर्सल एसेप्टेन्स, स्टेरिङ समुहका अध्यक्ष तथा डाटा एक्सजेन प्रा.लिका सिइयोको उपस्थिती रहेको थियो । यसैगरी आइक्यान (क्ष्ऋब्ल्ल्) का प्रमुख समिरन गुप्ताको सहभागिता रहेको थियो । नेपालको तर्फबाट नेपाल सरकारका उपसचिव सुवास ढकाल लगायतको उपस्थिती रहेको कार्यक्रममा युनिभर्सल एसेप्टेन्सका बारेमा वृहत छलफल भएको थियो ।


नेपालमा यसको महत्व, आवश्यत्ता र प्रयोगको बारेमा पनि छलफल भएको आयोजक इन्टरनेट फाउण्डेसन नेपालका अध्यक्ष बिक्रम श्रेष्ठले जानकारी दिए । वेविनारमा क्यान महासंघ, इन्टरनेट सोसाइटी नेपाल लगायतको सहकार्य र सहयोग रहेको थियो ।


कार्यक्रमको सम्पुर्ण भिडियो यहाँ हेर्न सकिन्छ :