कीवर्डहरू -

भू-उपग्रह नीति मन्त्रीपरिषदबाट स्वीकृत

भू-उपग्रह नीति मन्त्रीपरिषदबाट स्वीकृत

सरकारले भू-उपग्रह नीति स्वीकृत गरेको छ । गत असार २ गतेको बसेको मन्त्रीपरिषद बैठकले नेपालको आफ्नै स्याटेलाइट राख्ने योजना अनुरुप भू-उपग्रह नीति, २०७७ स्वीकृत गरेको हो ।

सरकारका प्रवक्ता, अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले मन्त्रीपरिषदको निर्णय सार्वजनिक गर्दै शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सरकारले भू-उपग्रह नीति स्वीकृत गरेको जानकारी दिएका हुन् ।

सरकारले भू-उपग्रह नीति पारित गरेसँगै नेपालको आफ्नै स्याटेलाइट राख्न सहज हुनेछ ।

यस्तै असार २ गते बसेको मन्त्रीपरिषद बैठकले सुरक्षण मुद्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघिय संसदमा पेस गर्न स्वीकृती समेत दिएको छ ।