कीवर्डहरू -

डिजिटल संवादको १३औं श्रृंखलामा गर्भनेन्समा डेटाको प्रयोग र अवस्थाको बारेमा राउण्ड टेवल छलफल हुदै 

डिजिटल संवादको १३औं श्रृंखलामा गर्भनेन्समा डेटाको प्रयोग र अवस्थाको बारेमा राउण्ड टेवल छलफल हुदै 

हरेक शनिवार आयोजना हुदै आएको डिजिटल संवादमा सूचना प्रविधिका विभिन्न आयामहरु तथा विभिन्न क्षेत्रमा भइरहेको प्रयोग, अभ्यासहरुको बारेमा छलफल हुने गर्दछ । १३औं संस्करणको डिजिटल संवाद कार्यक्रममा डेटा स् डिस्प्युट, डिस्रप्सन र गभनेन्स विषयमा राउण्ड टेवल छलफल आयोजना हुदैछ ।


कार्यक्रममा नेपाल सरकारका विभिन्न निकाय, सस्थाहरुबाट प्रतिनिधित्व रहनेछ । वक्ताहरुमा नेपाल सरकार योजना आयोगका सदस्य सचिव केदार प्रसाद भण्डारी रहनुहुनेछ । यसैगरी नेपाल नगरपालिका संघका अध्यक्ष तथा धुलिखेल नगरपालिकाका मेयर अशोक कुमार वेयांजुको पनि सहभागिता रहनेछ ।


कार्यक्रममा केन्दि«य तथ्यांक विभागका वरिष्ठ निर्देशक रामहरी गैरे स्रोत व्यत्तिको रुपमा रहनुहुने आयोजकले जानकारी दिएको छ । यसैगरी इन्टरप्राइज आर्किटेक्ट विवेक राणा र इकोनोमिस्ट आशुतोषमनि दिक्षित स्रोत व्यत्तिको रुपमा सहभागी हुनुहुनेछ । कार्यक्रमको संयोजन पुर्वमन्त्री गणेश शाहले गर्नुहुनेछ ।

नेपालमा डेटा आर्थत तथ्यांकको अवस्था कस्तो छ ? किन डेटालाई महत्व दिइएन र योजना र विकासमा डेटालाई कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा कार्यक्रम केन्दि«त रहने आयोजकले जानकारी दिएको छ ।

कार्यक्रम शनिवार ठिक १ बजेदेखि जुम (अनलाइन भिडियो कन्फ्रेन्सिङ प्लाटफर्म) मार्फत सञ्चालन हुने छ । कार्यक्रममा सहभागी हुन यो लिंकमा  गएर http://tiny.cc/s6efpz आफ्नो नाम दर्ता गर्नुपर्नेछ । इमेल मार्फत कार्यक्रमको विस्तृत जानकारी र मिटिङ आइडी उपलब्ध गराउने आयोजकले जनाएको छ । यसैगरी लिभिङ विथ आइसिटीको फेसबुक पेजबाट समेत शनिवार १ बजेदखि कार्यक्रमको प्रत्यक्ष प्रशारण हेर्न सकिनेछ ।