कीवर्डहरू -

 एशियन लाइफ इन्स्योरेन्सको बिमालेखको लागि अनलाइनबाटै आवेदन दिन सकिने

 एशियन लाइफ इन्स्योरेन्सको बिमालेखको लागि अनलाइनबाटै आवेदन दिन सकिने

एशियन लाइफ इन्स्योरेन्सले अनलाइनबाटै बिमालेखको लागि आवेदन दिन सकिने सुविधा ल्याएको छ । कम्पनीले कोरोना भाइरस महामारीको कारण बढ्दो अनलाइन माध्यमको प्रयोगलाई ध्यानमा राखि यो सुविधा ल्याएको हो ।

यससँगै अभिकर्ताले अब एशियन लाइफ इन्स्योरेन्सको वेबसाइटमा गएर एजेन्ट पोर्टल मार्फत २४ सै घण्टा आवेदन दर्ता गर्न सक्ने छन् ।

इजाजत प्राप्त अभिकर्ताहरुले कम्पनीको आधिकारिक वेबसाइटमा गई एजेन्ट पोर्टलमा लगइन गरी बिमा चाहने व्यक्तिको बारेमा सम्पूर्ण विवरण र कागजपत्र प्रविष्ट गरेर अनलाइन आवेदन दिन सक्ने छन् । अहिलेलाई ३ लाख रुपैयाँ बिमाङ्कसम्मको बिमालेखको लागि आवेदन दिन सकिने छ ।

कम्पनीले ईसेवा तथा फोनपे मार्फत घरमै बसेर नबिकरण बिमाशूल्क भुक्तानी गर्न सकिने सुविधा पनि ल्याएको छ । साथै अनलाइनबाट अभिकर्ताले कारोबार विवरण तथा बिमितले आफ्नो बिमालेख सम्बन्धी सम्पूर्ण विवरण आफैले हेर्न मिल्ने सुविधा रहेको छ ।