कीवर्डहरू -

कोरोना संक्रमितलाई औषधि तथा खाना पुर्‍याउन सकिने सिस्टर रोबोट टेकु अस्पताललाई हस्तान्तरण 

कोरोना संक्रमितलाई औषधि तथा खाना पुर्‍याउन सकिने सिस्टर रोबोट टेकु अस्पताललाई हस्तान्तरण 

रोबोटिक्स एशोशिएसन नेपाल (र्‍यान) ले बनाएको ‘सिस्टर रोबोट’ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुलाई हस्तान्तरण गरिएको छ । कोरोना रोकथाममा सहयोग पुर्‍याउने उदेश्यले शुक्रबार सिस्टर रोबोटलाई हस्तान्तरण गरिएको हो ।

\"\"

ट्रान्समिटरको सहयोगले यस रोबोटलाई एकसय मिटरदेखि पाँचसय मिटर सम्म सञ्चालन गर्न सकिने छ । रोबोटमा क्यामेरा समेत जडान गरिएको छ । जसले गर्दा कोरोना भाइरस संक्रमित बिरामीलाई निगरानीको लागि सहज हुनेछ ।

संयुक्त राष्ट्रसङ्घ विकास कार्यक्रम (युएनडीपी) नेपाल र सगरमाथा इन्जिनियरिङ कलेजको आर्थिक सहयोगमा यो रोबोटको विकास भएको हो ।

\"\"

रोबोटको सहयोगले बिरामिलाई औषधि तथा खाना पुर्‍याउन सकिने छ । रोबोटमा जडित यन्त्रको माध्यमबाट बिरामीले आफ्नो हातलाई स्यानिटाइजरले सफा गर्न सक्ने छन् । साथै रोबोटको सहायताले स्वास्थ्यकर्मीसँग पनि कुराकानी गर्न सकिने छ ।