फेसबुकले स्वीडेनको म्यापिङ टेक्नोलोजी कम्पनी म्यापिलरी खरिद गरेको छ । गूगल स्ट्रिट भ्युको प्रतिस्पर्धि रहेको म्यापिलरीको स्वामित्व फेसबुकले खरिद गरेको हो ।
सन् २०१३ मा स्वीडेनको माल्मोमा स्थापना भएको कम्पनी म्यापिलरीले लगानीकर्ताबाट अहिलेसम्म २४.५ मिलियन डलर जुटाएको थियो । म्यापिलरीमा एक अर्बभन्दा बढी फोटोहरु समावेश छन् ।
स्ट्रिट लेभल इमेजरी प्लेटफर्म म्यापिलरी आईफोन तथा एन्ड्रोइड दुबै प्लटेफर्ममा उपलब्ध रहेको छ । यसले म्यापीङलाई स्केल र अटोमेट गर्दछ । स्मार्टफोनको प्रयोग गरेर सन् २०१३ देखि म्यापिलरिका प्रयोगकर्ताले फोटोहरु संकलन गर्ने गरेका छन् ।