कीवर्डहरू -

भायोनेटले ल्यायो ई-लर्निङ प्याकेज, बिहान ६ बजेदेखि दिउँसो ४ बजेसम्म स्पीड दोब्बर गर्न सकिने

भायोनेटले ल्यायो ई-लर्निङ प्याकेज, बिहान ६ बजेदेखि दिउँसो ४ बजेसम्म स्पीड दोब्बर गर्न सकिने

इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले ‘ई-लर्निङ’ नामक नयाँ योजना ल्याएको छ । विद्यार्थी तथा शिक्षकले बिना अवरोध हाई स्पीड इन्टरनेटमा अनलाइन कक्षा सञ्चालनको लागि सहयोग पुग्ने उदेश्यले भायानेटले नयाँ प्याकेज ल्याएको हो ।

भायोनेटले ल्याएको ई-लर्निङ प्याकमा बिहान ६ बजेदेखि दिउँसो ४ बजेसम्म इन्टरनेटको स्पीडलाई ५० एमबिपीएस सम्म दोब्बर गर्न सकिने छ । भने अन्य समयमा २५ एमबीपीएसको स्पीडमा चल्नेछ । ईलर्निङ प्याकेज मासिक १७ सय रुपैयाँमा उपलब्ध हुनेछ ।

भायानेटको यो प्याकेजमा फोकस मोड तथा नेट टिभिका सेवा समेत उपलब्ध हुने कम्पनी जनाएको छ । फोकसमोड भायासेक्योरद्वारा सञ्चालन गरिएको छ । जसको सहयोगले गेम, फेसबुक, युट्युव लगायत अन्य साइटहरुलाई ब्लक गर्न सकिन्छ ।