कीवर्डहरू -

मध्य पश्चिमान्चल विश्वविद्यालय र सिच्याच्वांग थेताओ विश्वविद्यालयबीच सम्झौता

मध्य पश्चिमान्चल विश्वविद्यालय र सिच्याच्वांग थेताओ विश्वविद्यालयबीच सम्झौता

शिक्षा अनुसन्धान तथा संस्कृति आदान प्रदान र सहकार्य गर्ने उद्देश्य सहित मध्य-पश्चिमान्चल विश्वविद्यालय नेपाल र सिच्याच्वांग थेताओ विश्वविद्यालय चीन विच सम्झौता भएको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको तर्फबाट उपकुलपति प्रा.डा. नन्दबहादुर सिंह र सिच्याच्वाङ्ग थेताओ विश्वविद्यालयको तर्फबाट उपकुलपति प्रा.डा. फेंङ वेन्चीद्वारा उक्त सम्झौता पत्रमा हस्ताक्षर गरिएको विश्वविद्यालयका उपप्रध्यापक तथा सुचना प्रविधि विज्ञ पञ्चदेव भट्टले जानकारी दिएका छन् ।

‘उक्त सम्झौता अन्तर्गत दुबै विश्वविद्यालयबीच बहुआयामिक क्षेत्रमा सहयोग एवं सहकार्य हुने उल्लेख गरिएको छ’ उपप्रध्यापक भट्टले भने, ‘यो सम्झौता पछि मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरु चिनियाँ विश्वविद्यालयमा क्रेडिट ट्रान्सफर गरी पढ्न सक्नेछन् । स्नातकोत्तर र विद्यावारिधी अध्ययनका लागि विद्यार्थीहरुले पूर्ण छात्रवृत्तिका लागि पनि आवेदन पनि दिन सक्ने छन् ।

समझदारी पत्रमा उल्लेख गरिएको छ, ‘अनुसन्धान, लेक्चर तथा शिक्षण सिकाईका लागि प्राध्यापकसमेत आदान प्रदान हुनेछन् । यसको मुख्य उद्देश्य विश्वविद्या लयअन्तर्गतका संकाय तथा दोहोरो शैक्षिक सम्बन्ध विकास गर्नु रहेको छ । यो हस्ताक्षर भएको मितिबाट पाँच वर्षका लागि मान्य हुनेछ । त्यसपश्चात् यसको प्रभावकारिता र आवश्यकता अनुसार थप गरिने प्रावधान रहेको छ’ ।

सिच्याच्वांग थेताओ विश्वविद्यालय यातायात, सूचना प्रविधि तथा इन्जिनियरिङ सँग सम्बन्धित चीनकै एक अग्रिणी तथा प्रख्यात विश्वविद्यालय हो । यो सहकार्य पश्चात मध्य-पश्चिमान्चल विश्वविद्यालयमा कार्यरत प्राध्यापक तथा अध्ययनरत विद्यार्थीहरुले प्रत्यक्ष शैक्षिक लाभ लिनसक्ने विश्वास गरिएको छ ।