कीवर्डहरू -

गूगल मिट प्ले स्टोरबाट ५० मिलियन भन्दा बढी डाउनलोड 

गूगल मिट प्ले स्टोरबाट ५० मिलियन भन्दा बढी डाउनलोड 

गूगल मिट प्ले स्टोरबाट ५० मिलियन भन्दा बढी डाउनलोड भएको छ । गूगलले केही समय अगाडी गूगल मिट लाई निशूल्क गरेको थियो ।

गूगल मिट एन्ड्रोइड, आईओएस तथा वेबमा उपलब्ध रहेको छ । यसमा ३ मिलियन नयाँ प्रयोगकर्ता दिनदिनै आईरहेका छन् । गूगल मिटलाई जिमेलबाट पनि प्रयोग गर्न सकिन्छ ।

कोभिड १९ अर्थात कोरोना भाइरस महामारीको कारण यतिबेला विश्वमा भिडियो कन्फेरेन्सिङको प्रयोग बढिरहेको छ ।   भिडियो कन्फेरेन्सिङको लागि गूगल मिट, जुम तथा माइक्रोसफ्ट टिम्स जस्ता सफ्टवेयर लोकप्रिय छन् ।