कीवर्डहरू -

आजदेखि एप्पलको विश्वब्यापी डेभलपर्स कन्फेरेन्स सुरु हुदै

आजदेखि एप्पलको विश्वब्यापी डेभलपर्स कन्फेरेन्स सुरु हुदै

आजदेखि एप्पलको वार्षिक विश्वब्यापी डेभलपर्स कन्फेरेन्स (डब्लुडब्लुडीसी) आयोजना हुदैछ । कोरोना भाइरस महामारीको कारण डिजिटल रुपमा पहिलोपटक अनलाइनबाट कन्फेरेन्स आयोजना हुदैछ ।

कम्पनीले यस वर्ल्ड वाइड डेभलपर्स कन्फेरेन्समा भविष्यको आईओएस, म्याकओएस, वाचओएस, टिभीओएस सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । त्यस्तै एप्पलले नयाँ सफ्टवेयर तथा नयाँ डिजाइनको बारेमा पनि जानकारी दिनेछ ।

एप्पलको वर्ल्ड वाइड डेभल्पर्स कन्फेरेन्समा एआरएम चीपको घोषणा हुने अपेक्षा गरिएको छ । त्यसपछि म्याक डेक्स्टप तथा ल्याप्टपमा इन्टेल प्रोसेसरको साटो एआरएम प्रोसेसर प्रयोग हुनेछ ।

एप्पलको यो सम्मेलन २२ जुनदेखि २६ जुनसम्म सञ्चालन हुनेछ । भने यो सम्मलेन एप्पलको युट्युब, वेबसाइट, एप्पल डेभल्पर एप तथा एप्पल टिभिबाट प्रत्यक्ष लाइभ हेर्न सकिने कम्पनीले जनाएको छ ।