कीवर्डहरू -

नोकियाको नयाँ एक्सप्रेस म्यूजिक फोन नेपालमा, ३६५ दिन रिप्लेस्मेन्ट ग्यारेन्टी

नोकियाको नयाँ एक्सप्रेस म्यूजिक फोन नेपालमा, ३६५ दिन रिप्लेस्मेन्ट ग्यारेन्टी

नेपाली बजारमा लोकप्रिय नोकियाको एक्सप्रेस म्यूजीक मोबाइल १२ बर्ष पछि नयाँ नोकिया ५३१० को रुपमा आएको छ । नेपालको लागि नोकिया मोबाइलको आधिकारीक वितरक टेलिटक प्रालिले यो मोबाइललाई नेपाली बजारमा ल्याएको हो ।

म्यूजिकको लागी अलग पहिचान बनाएको एक्सप्रेस म्यूजीक मोबाइल एक दशक अगाडि ग्राहकवर्गहरुद्धारा अधिक रुचाइएको थियो । नोकिया ५३१० फिचर फोन अहिले पनि उच्चस्तरीय म्युजीक क्वालिटिलाइ ध्यानमा राख्दै डुअल स्पिकर जडान गरिएको हुनाले संगीतका पारखीहरुका लागी एकदम उपयुक्त हने कम्पनीको दावी छ ।

नोकिया ५३१० फोनमा वायरलेस एफएम रेडियो छ जुन एयरफोन लगाएर पनि सुन्न सकिन्छ । यसको बक्समा एयरफोन पनि राखिएको छ ।

यसमा २.४ इन्चको क्युभिजिए डिस्प्ले र पछाडि भिजिए क्यामरा, नोकिया सिरिज ३० प्लस अपरेटिङ सिस्टम, डुअल मिनि सिमकार्ड, माइक्रो १.१ पोर्ट, ३.५ एमएम अडियो ज्याक, ३.० ब्लूटूथ र १२०० एमएएचको बदल्न मिल्ने ब्याट्री रहेको छ जसको चार्ज दुई दिन सम्म टिक्छ ।

नोकिया ५३१०  को बजार मूल्य ५,४४९ रुपैयाँ पर्दछ भने बिभिन्न आकर्षक रगंहरुमा पनि बजारमा पाउन सकिन्छ । साथै नोकियाका अन्य फिचर फोनहरु र नोकिया ५३१० फोनमा ३६५ दिनको रिप्लेस्मेन्ट ग्यारेन्टि उपलब्ध छन् ।