कीवर्डहरू -

१०८ मेगापिक्सेल क्यामेरा सहित सामसङको ग्यालेक्सी एस २० अल्ट्रा नेपालमा

१०८ मेगापिक्सेल क्यामेरा सहित सामसङको ग्यालेक्सी एस २० अल्ट्रा नेपालमा

सामसङले नेपाली बजारमा सामसङ ग्यालेक्सी एस २० अल्ट्रा फोन सार्वजनिक गरेको छ । यो फोनको क्यामेरामा आर्किटेक्चर एआईलाई समावेश गरिएको छ ।

एआई क्यामेराले गर्दा यसमा उत्कृष्ट फोटो खिच्न सकिन्छ । फोनमा कुनैपनि फोटोलाई इडिटिङ क्रपिङ तथा जुमिङ गर्न सकिन्छ । १०८ मेगापिक्सेल क्यामेरा सहित चारवटा रियर क्यामेरा यसमा छन् । भने ४० मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहेको छ ।

यसमा एटके भिडियो खिच्न सकिन्छ । १२ जीबी र्‍याम र १२८ जीबी इन्टर्नल स्टोरेज रहेको  ग्यालेक्सी एस २० अल्ट्रा फोनमा गेम बुस्टर तथा फास्ट प्रोसेसर प्रयोग गरिएको छ ।

५ हजार एमएएचको ब्याट्री रहेको यस फोनले फास्ट चार्ज समेत सपोर्ट गर्छ । यसमा फिंगरप्रिन्ट स्क्यानरको सुविधा रहेको छ । नेपालमा सामसङ ग्यालेक्सी एस २० अल्ट्राको मूल्य  १ लाख ५९ हजार ९९९ तोकिएको छ ।

यस फोनको खरिदमा ग्राहकले ग्यालेक्सी बड्स प्लस निशूल्क पाउने छन् । भने इएमआईको सुविधा, १ वर्षको ब्रकेज इन्स्योरेन्स तथा एक्सचेञ्जको सुबिधा पनि प्राप्त गर्न सकिने छ ।