कीवर्डहरू -

कालापानी क्षेत्रमा टेलिकमको सिडिएमए मोबाइल सेवा

कालापानी क्षेत्रमा टेलिकमको सिडिएमए मोबाइल सेवा

सरकारी स्वामित्व रहेको नेपाल टेलिकमले दार्चुलाको ब्यास गाउँपालिकामा सिडीएमए मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । उक्त क्षेत्रमा रहेको टावरलाई मर्मत गरेर टेलिकमले ‍ सिडिएमए सेवा सञ्चालनमा ल्याएको हो ।

उक्त टावरले छाङरु, कालापानी, गन्जि, कुटी तथा टिङकर क्षेत्रका बासिन्दालाई सेवा दिनेछ । साथै उक्त टावरबाट भारतका केही क्षेत्रका बासिन्दा पनि लाभान्वित हुनेछन् ।

केही समय अघि छाङरुमा स्थापना भएको सशस्त्र प्रहरी बलको बीओपीलाई मध्यनजर गर्दै टेलिकमले टावर सञ्चालनमा ल्याएको हो ।

टेलिकमले गृह मन्त्रालयको सहयोगमा हेलिकोप्टरबाट उपकरणहरु ढुवानी गरेको थियो । सरकारले हालै कालापानी, लिपुलेक तथा लिम्पियाधुरा समावेश गरी नेपालको नयाँ नक्शा जारी गरेको थियो ।