अब कृषि विकास बैंकको खाता अनलाइनबाटै खोल्न सकिने भएको छ । ग्राहकलाई सरल तरिकाले सेवा प्रदान गर्न र सेवालाई प्रविधिमैत्री बनाउन बैंकले अनलाइनबाटै खाता खोल्ने प्रणालीको सुरुवात गरेको हो ।
देश विदेशमा रहेका नेपालीहरुले कृषि विकास बैंकको अनलाइनबाट खाता खोल्न सकिने वेबसाटइमा गई फारम भरी आवश्यक कागजात अपलोड गरेर अनलाइनबाटै शुन्य मौज्दात खाता खोल्न सकिने छ ।
सरकारी बैंकहरु मध्ये अनलाइनबाट खाता खोल्ने सुविधा प्रदान गर्ने यो पहिलो बैंक हो । घरमै बसेर खाता खोल्न सकिने सुविधाले ग्राहकलाई थप सहज हुने बैंकको विश्वास रहेको छ ।