कीवर्डहरू -

यस्तो छ एसईईको नतिजा प्रकाशन कार्यविधि (कार्यविधि सहित)

यस्तो छ एसईईको नतिजा प्रकाशन कार्यविधि (कार्यविधि सहित)

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० को विद्यार्थी मूल्याङ्कन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७ सार्वजनिक गरेको छ । कार्यविधि बोर्डबाट समेत स्वीकृत भइसकेको छ ।

उक्त कार्यविधि अनुसार सबै विद्यालयले आगामी असार २० गतेसम्म विद्यार्थीको अन्तिम मूल्याङकन गरी शिक्षा विकास तथा समन्वय एकाइमा पठाउनु पर्नेछ । भने एकाइले आगामी असार ३० गतेसम्म सबै अंक बोर्डमा पठाउनु पर्नेछ ।

कार्यविधिमा मूल्याङ्कन समिति गठन गर्नुपर्ने र त्यसको जिम्मेवारी विद्यालयलाई दिने उल्लेख गरिएको  छ । जसमा सम्बन्धित विद्यालयका प्रधानध्यापक अध्यक्ष रहने, एक जना कक्षा शिक्षक तथा अर्का एक जना जेष्ठ वा शिक्षक प्रतिनिधि गरी तीन जना शिक्षक उक्त समितिमा रहनेछन् ।

यस्तो छ कार्यविधि