कीवर्डहरू -

सामसङको ग्यालेक्सी एम ११ फोन नेपालमा, यस्ता छन् फिचर

सामसङको ग्यालेक्सी एम ११ फोन नेपालमा, यस्ता छन् फिचर

सामसङले नेपालमा ग्यालेक्सी एम ११ स्मार्टफोन सार्वजनिक गरेको छ । सामसङले लोकप्रिय एम सिरिज अन्तर्गतको  ग्यालेक्सी एम ११ नेपालमा सार्वजनिक गरेको हो ।

सयमा ६.४ इन्चको इन्फिनिटी ओ डिस्प्ले रहेको छ । सामसङ ग्यालेक्सी एम इलाभेनमा क्वालकमको स्न्यापड्रयाग्न ४५० प्रोसेसर प्रयोग गरिएको छ ।

एम इलाभेनमा ३ जीबी र्‍याम र ३२ जीबी इन्टर्नल स्टोरेज रहेको छ । यसको इन्टर्नल स्टोरेज लाई मेमोरी कार्ड राखेर बढाउन सकिन्छ ।

यसमा एन्ड्रोइड १० अपरेटिङ सिस्टम राखिएको छ । यो फोनमा ट्रिपल रियर क्यामेरा सेटअप रहेको छ । जसमा १३ मेगापिक्सेलको प्राइमरी क्यामेरा, ५ मेगापिक्सेल अल्ट्रा वाइड सेन्सर र २ मेगापिक्सेल सेन्सर रहेको छ ।  भने त्यस्तै ८ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ ।

ग्यालेक्सी एम इलाभेनमा ५ हजार एमएएचको ब्याट्री उपलब्ध रहेको छ । त्यसैगरी यसमा टाइप सी पोर्ट, फिंगरप्रिन्ट, फोरजी लगायतको सुविधा रहेको छ । यस फोनको मूल्य १८ हजार ९ सय ९९ रहेको छ ।