कीवर्डहरू -

रियलमी सीथ्रि स्मार्टफोन नेपालमा

रियलमी सीथ्रि स्मार्टफोन नेपालमा

रियलमी सी थ्रि स्मार्टफोन नेपालमा सार्वजनिक भएको छ । यसमा ६.५ इन्चको मिनि ड्रप आईपिएस एलसीडी डिस्प्ले रहेको छ ।

रियलमी सी थ्रिमा मिडिया टेकको हेलियि जी सेभेन्टी १२ एनएम मोबाइल प्लेटफर्म प्रोसेसर प्रयोग गरिएको छ । भने यसमा मालि जी ५२ जीपीयु रहेको छ ।

३ जीबी र्याम र ३२ जीबी इन्टर्नल स्टोरेज रहेको रियलमी सी थ्रिमा स्टोरेजलाई २५६ जीबीसम्म बढाउन सकिन्छ । यसमा एन्ड्रोइड १० अपरेटिङका साथै रियलमी युआई उपलब्ध रहेको छ ।

डुअल क्यामेरा रहेको यसमा १२ मेगापिक्सेल प्राइमरी सुटर तथा २ मेगापिक्सले डप्थ सेन्सर रहेको छ । साथै सिङ्गल एलएडी फ्ल्यास पनि रहेको छ ।

५ मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहेको यसमा फिंगरप्रिन्टको सुविधा रहेको छ । रियलमी सी थ्रिमा ५००० एमएएचको ब्याट्री रहेको छ । नेपालमा यसको मूल्य १६ हजार ९९० रहेको छ ।