कीवर्डहरू -

बीएस ६ कम्प्लेन्ट फोर्डमा विशेष अफर, दशवर्षको फाइनान्स सुविधा देखि ३ वर्ष निशूल्क सर्भिसिङ सम्म

बीएस ६ कम्प्लेन्ट फोर्डमा विशेष अफर, दशवर्षको फाइनान्स सुविधा देखि ३ वर्ष निशूल्क सर्भिसिङ सम्म

फोर्डको नेपालको लागि आधिकारिक विक्रेता जिओ अटोमोवाइल्स् प्रालिले उपभोक्ताको सन्तुष्टिलाई ध्यानमा राख्दै पछिल्लो ‘बीएस ६ कम्प्लेन्ट फोर्ड’ मा विशेष अफर ल्याएको छ ।

यस अन्तर्गत ग्राहकले १० वर्षसम्मको फाइनान्स सुविधा, ३०% डाउन पेमेन्ट , स्थगित भुक्तानी सुविधा, परिवारको लागि कोभिड विमा सुविधा, विशेष नगद छुट, एक वर्षको वीमा, एक्सचेन्जको सुविधा, लोएल्टी वोनसका साथ ३ वर्ष वारेन्टी, ३ वर्षको निशुल्क सर्भिसिङका साथ अन्य सुविधा पाउने छन् ।

१० वर्षको फाइनान्स सुविधाले ग्राहकलाई भुक्तानी गर्न पर्याप्त समय दिन्छ साथै मासिक किस्ता पनि कम हुने छ । कम्पनीको अनुसार अहिले यो अफर नेपाली बजारमा सबैभन्दा राम्रो हो किनकी फोर्डको २०२० मा बनेका बिएस ६ अन्तर्गत गाडीमा यो अफर  रहेको छ ।

जिओ अटोमोवाइल्सले फोर्ड अनलाइन शोरुम पनि संचालन गरिरहेको छ, जहाँ ग्राहकले सोरुममा नआएरै अनलाइन मार्फत चाहेको सवारी साधनको विशेषताहरु बुझ्न तथा हेर्न सकिन्छ ।

सोरुममा रहेका प्रतिनिधिसँग अनलाइनबाट सबै वुझ्न सकिन्छ र यसको सहायताले ग्राहकलाई आफ्नो रोजाईको गाडी खरिद गर्न सम्भव बनाएको छ ।