कीवर्डहरू -

क्वाड क्यामेरा सहित नेपाली बजारमा रेडमी नोट नाइन

क्वाड क्यामेरा सहित नेपाली बजारमा रेडमी नोट नाइन

साओमीले नेपाली बजारमा रेडमी नोट नाइन सार्वजनिक गरेको छ । रेडमी नोट नाइनमा ६.५३ इन्चको फुल एचडी प्लस आईपीएस डिसप्ले रहेको छ ।

मिडिया टेकको हेलियो जी ८५ प्रोसेसर प्रयोग गरिएको यस फोनमा एन्ड्रोइड १० अपरेटिङ सिस्टम रहेको छ । यो फोन ४ जीबी र्‍याम र १२८ जीबी अन्तरिक स्टोरेजमा उपलब्ध रहेको छ ।

क्वाड क्यामेरा सेटअप रहेको रेडमी नोट नाइनमा ४८ मेगापिक्सेल प्राइमरी सेन्सर, ८ मेगापिक्सेल अल्ट्रा वाइड सेन्सर, २ मेगापिक्सेल म्याक्रो लेन्स र २ मेगापिक्सेल डेप्थ सेन्सर रहेको छ ।

१३ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको यस फोनमा फिंगरप्रिन्ट सेन्सर समेत उपलब्ध रहेको छ । ५०२० एमएएचको ब्याट्री रहेको रेडमी नोट नाइनको मूय २२ हजार ९९९ रहेको छ ।