लकडाउनको समयमा मानिस घर भित्र बस्दा मानिसका सिकाइ गतिविधीमा कमी आएको धेरैले महसुस गरेका छन ।
तर यसका लागि पनि विभिन्न बैकल्पिक माध्यमहरुको खोजी हुँदै गइरहेको छ। यस्तैमा नौलो र रचनात्मक रुपमा लकडाउनको समय सदुपयोग गर्दै सिकाइ प्रवृतिलाई माथि उकास्न पकेट एकेडेमी सञ्चालनमा आएको छ ।
यसले विभिन्न विधाका विद्यार्थी देखी व्यक्तीका लागि उपयोगी हुने कोर्सहरुका साथै सिप सिकाइको नयाँ माध्यमको खोजी गरेको छ।
पकेट एकेडेमीले अहिलेसम्म प्रोग्रामिङ, वेब डेभल्पमेन्ट, पब्लिक स्पिकिङ तथा ब्युटिसिएन सम्बन्धी तालिमकाहरु भर्चुअल रुपमा सञ्चालन गरिसकेको छ ।
आगामी दिनमा मेडिकल, इन्जिनियरिङ, सेक्युरिटी,टोफिल, पत्रकारिता लगायतका सबै विधालाई समेट्ने गरी विविध कोर्सहरु ल्याउने योजनामा रहेको र विभिन्न संस्थासँग सहकार्य जारी राखेको पकेट एकाडेमीका सह संस्थापक गोकुल घिमेरेले जानकारी दिए ।
पछिल्लो समय कोरोनाका कारण भएको लकडाउनमा भर्चुअल रुपमा सिकाई पद्धत्तीको विकास भएको छ । यो समयमा पकेट एकाडेमी पनि भर्चुअल रुपमा अघि बढेको र आगामी दिनमा थप प्रभावकारी सिप विकास सहितका कार्यक्रम मार्फत विभिन्न विद्यार्थी र सम्बद्ध मानिसलाई लाभ दिने उदेश्य रहेको घिमिरेले बताए ।
पकेट एकाडेमी अल इन वान लर्निङ प्लेटफर्मको रुपमा विकास गर्ने कम्पनीको योजना रहेको छ । अहिलेसम्म करिब १ हजार भन्दा बढी पकेट एकेडेमीसँग आबद्ध भएर प्रत्यक्ष लाभ लिएका छन् ।
पकेट एकेडेमीको वेबसाइट तथा मोबाइल एप अबको एक महिनामा उपलब्ध हुने सह संस्थापक घिमेरेले बताए । अहिलेलाई पकेट एकेडेमीको फेसबुक पेज तथा इन्स्टाग्रामबाट विद्यार्थीहरु इनरोल भइरहेका छन् । भने भर्चुअल रुपमा कोर्षहरु सञ्चालन भइरहेका छन् ।