कीवर्डहरू -

फोनकै भरमा औषधि घर घरमा पुर्‍याउँदै इजी केयर

फोनकै भरमा औषधि घर घरमा पुर्‍याउँदै इजी केयर

'औषधि घरमा, फोनकै भरमा' नाराका साथ चार बर्ष देखि घरमै औषधि डेलिभरी गर्दै आएको अनलाइन फार्मेसी इजी केयर (eazycare.ml) ले लकडाउनमा पनि सातै दिन र दिनमा चौबीसै घण्टा आफ्नो सेवालाई निरन्तरता दिइ रहेको छ।

काठमाडौ उपत्यका रिङरोडको पन्ध्र किलोमिटर बाहिर सम्म नि:शुल्क होम डेलिभरी गरिने संस्थापक पवनराज घिमिरेले बताए । बिहान नौबजे अगाडिको अर्डर सोही दिन र बाँकी अर्डर चौबीस घण्टा भित्र डेलिभरी गरिने कम्पनीले बताएको छ ।

जीवन रक्षाका अत्यावश्यक औषधिको  इमर्जेन्सी डेलिभरी समेत गरिने र रातिको समयमा इमर्जेन्सी डेलिभरीमा पाँच सय थप शुल्क लाग्ने घिमिरेले बताए।

इजी केयरको गोदाममा उपलब्ध नभएका औषधि बजारमा उपलब्ध भएसम्म खोजेर डेलिभरी गरिने घिमिरेले जानकारी दिए। नेपालमा उत्पादन नहुने औषधि बजारमा 'सर्टेज' भएको अवस्थामा निश्चित समय लिएर बिदेशबाटै मगाएर उपलब्ध गराउने कम्पनीको घिमिरेको दाबी छ ।

रगतको 'स्याम्पल टेस्ट'को सेवा पनि इजी केयरले दिँदै आएको छ। इजी केयरका स्वास्थकर्मी ग्राहकको घरमै गएर स्याम्पल संकलन गरी गुणस्तरीय ल्याबमा जाँच गरेर रिपोर्ट बुझाउने बताइएको छ।

उक्त सेवाका लागि ल्याब शुल्क बाहेक 'होम सर्भिस'को थप सय रुपैयाँ शुल्क लाग्नेछ। साथै घरमै डाक्टर बोलाउनु परेमा 'डक्टर अन कल'को सुबिधा समेत छ।

ग्राहक र कर्मचारी दुबैको स्वास्थ प्रती सजग हुँदै कर्मचारीको नियमित स्वास्थ परिक्षण गरिने बताइएको छ। मास्क र सेनिटाइजर मात्र नभई आवश्यक पिपिईको प्रयोग गरि कर्मचारी होम डेलिभरीमा खटिएको अर्का संचालक सुप्रित बास्कोटाले जानकारी दिए।

डेलिभरीमा प्रयोग हुने सवारी साधनका साथै औषधि गोदाममा भित्र्याउँदा र ग्राहक कहाँ पठाउनु अगाडी प्याकेजिङ गरेपछी डिसइन्फेक्सन स्प्रे गरिने बास्कोटाले बताए। ग्राहकलाई पठाउने औषधिको प्याकेजिङ मान्यता प्राप्त फर्मासिस्टले गर्ने बास्कोटा बताउँछन्।

हरेक औषधिमा बाह्र प्रतिशत नगद छुट दिइने इजि केयरले जनाएको छ। ग्राहकहरुको सुविधा र स्वास्थ सुरक्षालाई मध्यनजर गर्दै इजी केयरले ईसेवा, आइएमई पे, खल्ती, फोनपे, बैंक कार्ड, कनेक्ट लगायतका माध्यमबाट अनलाइन भुक्तानी गर्न सकिने समेत व्यवस्था रहेको छ।

सनराइज बैंकको कार्डबाट भुक्तानी गर्दा थप दस प्रतिशत 'क्यास ब्याक' पाइने छ। साथै अनलाइन भुक्तानी गर्न नसक्ने ग्राहकले डेलिभरीको समयमा नगद भुक्तानी गर्न सक्ने बास्कोटाले बताए। लकडाउन पछि इजी केयरले आफ्नो सेवा पोखरा र बिराटनगरमा बिस्तार गर्ने बताइएको छ।