कीवर्डहरू -

इटहरी प्रहरीले हराएका तथा चोरिएका ४५ थान मोबाइल सम्बन्धितलाई बुझायो

इटहरी प्रहरीले हराएका तथा चोरिएका ४५ थान मोबाइल सम्बन्धितलाई बुझायो

ईलाका प्रहरी कार्यालय इटहरीले बिभिन्न ब्राण्डका ४५ थान मोबाइल सेट फेला पारी सम्बन्धीत धनीलाई बुझाएको छ ।

आफ्ना मोबाइल बिभिन्न स्थानहरुबाट हराएको तथा चोरी भएको भन्ने बिभिन्न ब्यक्तिहरुले दिएको निवेदनको आधारमा खोजतलास गर्ने क्रममा यसै महिनामा मात्र करिब १० लाख ३८ हजार १ सय मुल्य बराबरका ४५ थान मोबाइल सेट फेला पारी आइतबार सम्बन्धीत धनीहरुलाई बुझाएको हो ।

ईलाका प्रहरी कार्यालय इटहरीमा सीडीआर शाखा स्थापना भएदेखी हालसम्म बिभिन्न ब्राण्डका करिब ५५ लाख ८६ हजार ५ सय २० रुपैयाँ बराबरको २३१ थान मोबाइल फेला पारी सम्बन्धीत धनिलाई बुझाई सकिएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।