कीवर्डहरू -

इन्फोकसका दुई फिचर फोन नेपालमा

इन्फोकसका दुई फिचर फोन नेपालमा

अमेरिकी प्रविधि कम्पनी इन्फोकसले नेपालमा २ वटा फिचर फोन सार्वजनिक गरेको छ । इन्फोकसका फोन कार्तुस टेक्नोलोजी प्रालिले नेपाल भित्र्याएको हो ।

इन्फोकसका भाइब वान तथा भाइब थ्रि फिचर फोन नेपालमा सार्वजनिक भएका हुन् । भाइब वानमा २६० मेगाहर्जको प्रोसेसर रहेको छ । भने यसमा ३२ एमबी र्‍याम र ३२ एमबी इन्सरनल स्टोरेज रहेको छ ।

यसमा एसडी कार्ड राखेर ३२ जीबी सम्म मेमोरी बढाउन सकिन्छ । १.८ इन्चको स्क्रीन रहेको यस फोनमा फ्ल्यास सहित रियर क्यामेरा समेत रहेको छ ।

भाइब वानमा २ वटा सिम जीएसएम सीम प्रयोगब गर्न मिल्छ । यसमा १००० एमएएचको ब्याट्री रहेको छ । यस फोनमा जीपीएस, बुलुटुथ, वायरलेस एफएम रेडियो, प्रि इन्स्टल गेम, टर्च लगायत सुविधा छन् । भाइब वानको मूल्य ११ सय ५० रुपैयाँ रहेको छ ।

\"\"

यस्तै भाइब थ्रिमा २.४ इन्चको क्युभिजीए डिस्प्लेसँगै ३२ एमबी र्‍याम र ३२ एमबी इन्टरनल स्टोरेज रहेको छ । भने यसको इन्टरनल स्टोरेजलाई एसडी कार्ड राखेर ३२ जीबीसम्म बढाउन सकिन्छ ।

यसमा ०.३ मेगापिक्सेल रियर क्यामेरा रहेको छ । भने १ हजार एमएएचको ब्याट्री रहेको छ । भाइब थ्रिमा दुईवटा जीएमएम सिम प्रयोग गर्न सकिन्छ । यस फोनमा जीपीआरएस, फेसबुक, इन्टरनेट ब्राउजिङ, टर्च, बुलुटुथ, एफएम लगायतका सुविधा छन् । यसको मूल्य १५ सय रहेको छ ।