कीवर्डहरू -

‘आर्टिस्ट इन क्वारेन्टिन’ नामक आर्ट फेस्टिभल आयोजना हुदै

‘आर्टिस्ट इन क्वारेन्टिन’ नामक आर्ट फेस्टिभल आयोजना हुदै

विश्वब्यापीरुपमा फैलिएको कोभिड-१९ महामारीका कारण हाम्रो जीवनशैलीमा उल्लेखनीय परिवर्तन आएको छ । यस कारण सबैजना आफ्नै घर भित्र बस्न बाध्य छन् । यसरी जीवनशैलीमा आएको अप्रत्याशीत परिवर्तनले हाम्रो मानसिक बोझ बढेको हामी सबैले महसुस गरेका छौं ।

यसै सन्दर्भमा रोटराक्ट क्लब अफ पाटन साउथले भारत स्थीत रोटराक्ट क्लब अफ अम्बरनाथ, मुम्बई र रोटराक्ट क्लब अफ इस्ट कोस्ट चेन्नईसँगको सहकार्यमा ‘आर्टिस्ट इन क्वारेन्टिन’ नामक आर्ट फेस्टिभल आयोजना गर्दै छ ।

कोभिड-१९ महामारी र क्वारेन्टिनको बिषयलाई आफ्नो रेखाचित्र, स्केच, पेंटिंग र डिजिटल आर्टद्वारा कलात्मक दृष्टिकोण प्रदान गर्न यस फेस्टिभलको आयोजना भएको हो ।

प्रतियोगिताको निर्णायक मण्डलमा नेपालका कलाकार चिराग बांग्देल र भारतका कलाकार तन्हा रहने छन् । निर्णायक मण्डलद्वारा धोषणा गरीएको उत्कृष्ट कलाकृतीलाई नेपाल र भारतका प्रमुख पत्रपत्रिकाहरुमा प्रकाशन गरीनेछ ।

कलाकारहरुले आफ्नो कलामा कोभिड-१९ महामारीले गर्दा जीवन शैली र आर्थिक गतिविधिमा आएको परिवर्तन बन्दाबन्दिमा घटेका घटनाहरु र आइसोलेशन वार्डमा समय बिताई रहेका मानिसहरुको भावनालाई समेट्न सक्नेछन ।

कलाकारहरुले आगामी असार २८ गते सम्म आफ्नो कलाकृति पठाई सक्नु पर्नेछ । ईच्छुक कलाकारहरुले माथि फोटोमा रहेको क्यु आर कोडको प्रयोग गरि आफुलाई रजिष्टर गर्न सक्नेछन् भने कृतिहरु [email protected] मा पठाउन सक्नेछन् ।