कीवर्डहरू -

ह्याक फर एजुकेशन सम्पन्न, लो कस्ट टिचिङ एड्स टिमले जित्यो एकहजार डलर

ह्याक फर एजुकेशन सम्पन्न, लो कस्ट टिचिङ एड्स टिमले जित्यो एकहजार डलर

लिफ्रग टेक्नोलोजीले आयोजना गरेको ३ दिने अनलाइन ह्याकथन कार्यक्रम ह्याक ईडी सम्पन्न भएको छ । उक्त ह्याकथनमा ११ टिम फाइनलमा पुगेका थिए ।

ह्याक ईडीमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल प्रमुख अतिथिको रुपमा सहभागी भएका थिए ।फिनालेमा पुगेका ११ टिमले जज प्यानल समक्ष आइडिया प्रस्तुत गरेका थिए ।

उक्त कार्यक्रमको जज प्यानलमा काठमाडौं विश्वविद्यालयको स्कुल अफ साइन्सका डिन कन्हैया झा, आईओईकी पूर्व प्राध्यापक तिमिला यमी, टिच फर नेपालका सह संस्थापक शिशिर खनाल र इन्नोभेसन हब काठमाडौंका जोसुवे रिभेरा ओलड्स रहेका थिए ।

७० भन्दा बढी टिमले रजिष्टर गरेका थिए भने फिनालेमा ११ टिम प्रवेश गरेका थिए । भने टिम ‘लो कस्ट टिचिङ एड्स’  विजेता घोषणा भएको थियो । उक्त टिममा कुमोद कुमार शाह, नन्सु पोखरेल,सिता थापा निरज मिश्र र सन्तोष प्रसाद शाह रहेका थिए ।  आइडियालाई बिजेता घोषणा गरिएको थियो भने बिजेता टिमलाई १ हजार डलर पुरस्कार प्रदान गरिएको थियो ।