कीवर्डहरू -

भारतले लगायो टिकटक सहित ५९ ओटा चिनियाँ एपमा प्रतिबन्ध

भारतले लगायो टिकटक सहित ५९ ओटा चिनियाँ एपमा प्रतिबन्ध

भारतले टिकटक सहित ५९ ओटा चिनियाँ एपमा प्रतिबन्ध लगाएको छ । सोमबार एक सूचना सार्वजनिक गर्दै भारतले ५९ ओटा एपमा प्रतिबन्ध  लगाउने निर्णय गरेको हो ।

भारतले सार्वभौमसत्ता र सुरक्षामा खतरा पर्ने भएकाले यी एपहरुमा प्रतिबन्ध लगाएको जनाएको छ । यो निर्णयसँगै भारतमा टिकटक, शेयरइट, विच्याट, युसी ब्राउजर, क्ल्यास अफ किङ, जेन्डर, क्याम स्क्यानर लगायतका एप पनि प्रतिबन्धमा पर्नेछन् ।

यी हुन् भारतले प्रतिबन्ध लगाएका चिनियाँ एप

•    टिकटक
•    शेयर इट
•    क्वाई
•    युसी ब्राउजर
•    बाइडु म्याप
•    सेइन
•    क्ल्यास अफ किङ
•    डियु ब्याट्री सेभर
•    हेलो
•    लाइकी
•    युक्याम मेकअप
•    एमआई कम्युनिटी
•    सीएम ब्राउजर
•    भाइरस क्लिनर
•    एपीयुएस ब्राउजर
•    आरओएमडब्लुई
•    क्लब फ्याक्ट्री
•    न्युजडग
•    ब्युट्री प्लस
•    वि च्याट
•    युसी न्युज
•    क्युकयु मेल
•    विबो
•    जेन्डर
•    क्युक्यु म्युजिक
•    क्युक्यु न्युजफिड
•    बिगो लाइभ
•    सेल्फी सिटी
•    मेल मास्टर
•    प्यारलल स्पेस
•    एमआई भिडियो कल
•    विसिङ्क
•    इएस फाइल एक्पलोर
•    भिभा भिडियो
•    मेइटु
•    भिगो भिडियो
•    न्यु भिडियो स्टाटस
•    डियु रेकर्डर
•    भ्यालुट- हाइड
•    क्याच क्लिनिर डियु एप स्टुडियो
•    डियु क्लिनर
•    डियु ब्राउजर
•    हगो प्ले विथ न्यु फ्रेन्ड्स
•    क्याम स्क्यानर
•    क्लिम मास्टर
•    वन्डर क्यामेरा
•    फोटो वन्डर
•    क्युक्यु प्लेयर
•    वि मिट
•    स्वीट सेल्फी
•    बाइडु ट्रान्सलेट
•    भिम्याट
•    क्युक्यु इन्टरनेशनल
•    क्युक्यु सेक्युरिटी सेन्टर
•    क्यु क्यु लन्चर
•    यु भिडियो
•    भि फ्लाई स्टाटस भिडियो
•    मोबाइल लिजेन्ड्स
•    डियु प्राइभेसी