कीवर्डहरू -

फेसबुकमा राष्ट्रपति र प्रधानमन्त्रीलाई अश्लील शब्द प्रयोग गरी गाली गरेको आरोपमा एकजना पक्राउ

फेसबुकमा राष्ट्रपति र प्रधानमन्त्रीलाई अश्लील शब्द प्रयोग गरी गाली गरेको आरोपमा एकजना पक्राउ

सामाजिक सञ्जाल फेसबुकमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई अश्लील शब्द प्रयोग गरी गाली गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

राष्ट्रपति र प्रधानमन्त्रीलाई गाली गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीको टोली सोमबार अपरान्ह पोखरा १९ का पुरञ्चौरका दुर्गादत्त बास्तोलालाई पक्राउ गरेको हो । उनी विरुद्ध विद्युतीय कारोबार ऐन (साइबर क्राइम) अन्तर्गत मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।

राष्ट्रपति र प्रधानमन्त्रीलाई अश्लिल शब्द प्रयोग गरी फेसबुकमा स्टाटस लेखेको भन्दै दुर्गादत्त बास्तोला विरुद्ध पोखराका शिवप्रसाद अधिकारी, सम्पन्न श्रेष्ठ र सुष्मी श्रेष्ठले प्रहरीमा उजुरी दिएका थिए । दुर्गादत्त बाँस्तोला नेपाली कांग्रेस सक्रिय कार्यकर्ता तथा स्थानीय नेता हुन ।