कीवर्डहरू -

छोटो स्टेम सहितको ओपो टीडब्लुएस इयरफोन, ईनइयर डिजाइनको प्याटेन्ट चीनमा दर्ता

छोटो स्टेम सहितको ओपो टीडब्लुएस इयरफोन, ईनइयर डिजाइनको प्याटेन्ट चीनमा दर्ता

गत मार्च महिनामा ओपोले नेपालमा आफ्नो पहिलो टीडब्लुएस ईयरफोन एन्को फ्रि सार्वजनिक गरेको छ । गत बर्षको डिसेम्बर महिनामा पहिलो पटक यो उत्पादन सार्वजनिक गरिएको थियो ।

यस लगतै कम्पनीले लगातार हियरेबल्स मार्केटको बजार हिस्सा हात पार्ने सोचका साथ थप ईयरबड्सपनि सार्वजनिक गरिसकेको छ । यही क्रममा ओपो ब्राण्डेड ट्रुलि वायरलेस ईयरबड्स चाइनिज प्याटेन्ट अफिस (सीएनआईपीए) सँग प्याटेन्ट गरिएको छ ।

प्याटेन्ट गरिएको ईयरबड्समा ईनइयर डिजाइनका साथै यही महिनाको सूरुवातमा चीनमा सार्वजनिक गरिएको एन्को डब्ल्यू ५१ टीडब्लुएस ईयरफोनमा झैँ स्टेमको प्रयोग  गरिएको छ । यी दूई उत्पादनमा रहेका प्रमुख भिन्नताको कुरा गर्नुपर्दा प्रमाणित यस मोडलमा एन्को डब्लु ५१ को तुलनामा छोटा स्टेमको प्रयोग गरिएको छ ।

ईयरबड्को पछिल्तिरको भागमा हल्का घुमाउरो डिजाइन प्रदान गरिएको छ । साथै यसमा, गोलाकारमा सुनौलो रिंग र सम्भवतः न्वाइज क्यान्सिलेसनका लागि एउटा कट आउट डिजाइन पनि अपनाइएको छ ।

प्रमाणिकरण सुचीमा ईयरबड्स सम्बन्धि विस्तृत विवरण दिइएको छैन । तथापी, यसमा एक्टिभ न्वाइज क्यान्सिलेसन तथा डिप बास लगायत फिचर्सहरु उपलब्ध हुने अनुमान गरिएको छ ।

छोटो स्टेमलाई दृष्टिगत गर्दै यसमा रहेको माइक्रोफोनपनि निकै सम्बेदनशिल हुने अनुमान लगाउन सकिन्छ । साथै बुलुटुथ ५.०, आईपी वाटर रेसिस्टेन्स रेटिङ र सम्भावित टिकाकाउ ब्याट्री लगायत साधारण फिचर्स यसमा हुने निश्चित प्राय छ ।

डिजाइनमा चार्जिङ केस मार्फत ईयरबड्स चार्ज गर्नका लागि यसमा रहेका छोटा स्टेममा उतक जोडी पोगो पिन्सको ब्यवस्था समेत हुन सक्नेछ ।