काठमाडौं महानगरपालिमा घर तथा भवनको निर्माणको लागि नक्शा पास अब अनलाइनबाटै गर्न सकिने भएको छ ।
काठमाडौं महानगरपालिकाले महानगरबासीको सहजताको लागि अनलाइनबाटै घर तथा भवनको निर्माणको लागि नक्शा पास गर्न सकिने यो सुविधा ल्याउन लागेको हो ।
अब काठमाडौं महानगरपालिका बासी नक्सा पास गर्न कार्यालयमा आउनुपर्ने बाध्यता हट्नेछ । घर तथा भवनको निर्माणको लागि नक्शा पास अनलाइनबाटै गर्न सकिने सेवाको परीक्षण एकहप्ता भित्रमा हुनेछ ।
परीक्षण सफल भएपछि यो सेवा सञ्चालनमा आउने छ । अनलाइन सेवाको लागि वेबसाइटमा गई फारमा भर्नुपर्नेछ । फारम भरेपछि डिजिटल सिग्नेचर गरी दस्तुर बुझाउनु पर्नेछ । फारम भरेर पठाएपछि एकमहिनामा नक्सा पास भएमा मोबाइलमा म्यासेज आउने छ । भने नक्सा पास नभएमा म्यासेज आउदैन् ।