कीवर्डहरू -

अब ईसेवा मार्फत दराजमा भुक्तानी गर्न सकिने

अब ईसेवा मार्फत दराजमा भुक्तानी गर्न सकिने

नेपालको ईकमर्श कम्पनी दराजले र नेपालको पहिलो पेमेन्ट गेटवे ईसेवासँग सहकार्य सुरु गरेको छ । यो सहकार्यसगै दराजबाट खरिद कुनैपनि चिजको भुक्तानी ईसेवाबाट गर्न सकिने भएको हो ।

नयाँ भुक्तानी प्रक्रियाले दराजमा किनमेल गर्न सरल, सहज, भरपर्दो बनाउने र चेकआउट प्रक्रियाको समय घटाउने, डिजिटल सुरक्षा बलियो बनाउने तथा प्रयोगकर्तालाई सामाजिक दुरी कायम गर्न सजिलो हुने कम्पनीको विश्वास रहेको छ ।

दराजमा ईसेवा मोबाइल वालेट प्रयोग गर्न ग्राहकहरूले पहिले आफ्नो ईसेवा खातालाई दराज एपसँग लिङ्क गर्नुपर्नेछ । लिङ्क गरिसकपछि ग्राहकहरूले ओटिपी मार्फत किनमेल गर्न सक्नेछन् ।

ईसेवा वालेट मार्फत पेमेन्ट गरेको पैसा फिर्ता लिनुपर्ने स्थितिमा फिर्ता लिने प्रक्रिया पनि तीन दिनभित्र हुने कम्पनीले बताएको छ ।

“इसेवा नेपालको एकदमै लोकप्रिय डिजिटल वालेट हो र दराज एपमा ईसेवा वालेटको स्थापना गरेर हाम्रो प्रयोगकर्ताहरुको लागि अझै धेरै भुक्तानी सुविधा प्रदान गर्न सकेकोमा हामी निकै उत्साहित छौं।  हामी दुई कम्पनी बीचको सहकार्यले हाम्रा ग्राहकहरूको लागि अझै सहज शपिङ्ग अनुभवमा दिन सक्ने कुरामा विश्वस्त छौं।” दराज नेपालका प्रबन्ध निर्देशक लिनो अहलरिंगले भने ।

नेपालको सबै भन्दा ठूलो अनलाइन बजार दराजमा ४००० भन्दा बढी विक्रेताहरूले किराना देखि इलेक्ट्रोनिक्स हरेक किसिमका सामानहरू बेच्छन्। दराजले विराटनगर, पोखरा, चितवन जस्ता सबै प्रमुख क्षेत्रहरू सहित नेपालका  २४ भन्दा बढी शहरहरूमा वितरण गर्ने गरेको छ।

दराजको एन्ड्रोइड मोबाइल एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस । भने आईफोनको लागि यहाँ क्लिक गर्नुहोस । थप जानकारीको लागि दराजको वेबसाइटमा समेत जान सक्नु हुनेछ ।