कीवर्डहरू -

ग्लोबल आईएमई बैंक र सेल पेबीच सहकार्य

ग्लोबल आईएमई बैंक र सेल पेबीच सहकार्य

डिजिटल भुक्तानीको लागि ग्लोबल आईएमई बैंक र भुक्तानी सेवा प्रदायक संस्था सेल पेबीच सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्री र सेलकमका प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका हुन् ।

सेल पे नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक हो । यो सहकार्यसँगै सेल पेका प्रयोगकर्ताले अब रियल टाइममा ग्लोबल आईएमई बैंकको खाताबाट डिजिटल भुक्तानी गर्न र रकम स्थान्तरण गर्न सक्ने छन् । यसको लागि प्रयोगकर्ताले ग्लोबल आईएमई बैंकको खाता सेल पेमा लिङ्क गर्नुपर्ने छ ।

सेल पे प्रयोगकर्ताले यसबाट टपअप गर्न, बिजुलीको बिल तिर्न, खानेपानीको बिल तिर्न, इन्टरनेट तथा टिभीको बिल तिर्न, रेमिट्यान्स पाउन पठाउन, बिमा रकम भुक्तानी गर्न, शेयर कारोबार लगायतको भुक्तानी गर्न सकिन्छ ।

सेल पेको एन्ड्रोइड मोबाइल एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस भने आईफोनको लागि मोबाइल एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस ।