कीवर्डहरू -

सलह किरा रोकथाम गर्न नेपालमै बनेको ड्रोनको सफल परीक्षण 

सलह किरा रोकथाम गर्न नेपालमै बनेको ड्रोनको सफल परीक्षण 

सलह किरा रोकथामको लागि नेपालमै बनेको मधुका कृषक ड्रोनको सफल परीक्षण भएको छ । कृषि ज्ञान केन्द्र चितवन, भेजिटेबल क्रप्स डेभल्पमेन्ट सेन्टर र मधुका ड्रोन सर्भिसेसको सहकार्यमा मधुका कृषक ड्रोनको सफल परीक्षण भएको हो ।

मधुका कृषक ड्रोनको सहयोगले किटनाशक औषधि छर्केर सलह किरा रोकथाम गर्न सकिने मधुका ड्रोन सर्भिसेसका प्रमुख कार्यकारी अधिकृत शम्भु शिवाकोटीले आइसिटी समाचारलाई बताए ।

एकपटकमा किटनाशक औषधि बोक्ने क्षमता २५ केजी भएपनि हामीले १० केजी राखेर परीक्षण गर्‍यौ’ शम्भु शिवाकोटीले भने, ‘एकैपटकमा धेरै क्षमतामा किटनाशक औषधि राख्दा ब्याट्री खपत बढी हुन्छ’ ।

\"\"

एकपटक चार्ज गरेपछि यस ड्रोनमा प्रयोग गरिएको ब्याट्रीले एकटपकमा १० केजी किटनाशक औषधि राखेर छर्किएमा ४० केजीसम्म छर्किन सक्ने शिवाकोटीले बताए ।

‘अहिले परीक्षण गरेको ड्रोन भर्सन वान रहेको र यसलाई भर्सन टुमा अपग्रेड गर्नको लागि बाहिरबाट मगाएको सामग्रीहरु लकडाउनले गर्दा रोकिएको छ’ उनले बताए, ‘भर्सन वान टेक्निकल मान्छेले मात्र चलाउन सक्ने भएकाले भर्सन टु हामीले सुरक्षित र सबैले चलाउने सक्ने खालको बनाउन लागेका छौं ।

स्प्रे गर्दा ६ वटा मोटर चल्ने भएकाले यसको साउन्ड पनि ठूलो हुन्छ र जसले गर्दा सलह किरा भगाउन सकिने छ । साथै साउन्डको लागि स्पीकरलाई ड्रोनमा राखेर पनि बजाउन सकिने छ ।

मधुका ड्रोन सर्भिसेसले बनाएको यो ड्रोन सलह किरा रोकथामको लागि मात्र नभएर ड्रोनको तलको भाडो बदलेर अन्य काममा समेत प्रयोग गर्न सकिने छ । सलह किरा रोकथामको लागि ड्रोन प्रविधि अन्य देशहरुमा पनि प्रयोग भएको छ ।