कीवर्डहरू -

सामसङले नेपाली बजारमा घटायो स्मार्टफोनको मूल्य

सामसङले नेपाली बजारमा घटायो स्मार्टफोनको मूल्य

नेपाली बजारमा सामसङले आफ्ना केही मोबाइलको मूल्य घटाएको छ । सामसङले नेपाली बजारमा ग्यालेक्सी ए ७१, ग्यालेक्सी ए ५१, ग्यालेक्सी नोट टेन लाइट र ट्याब ए १०.१ को मूल्य घटाएको हो ।

सामसङले क्वाड क्यामेरा सेटअप रहेको ग्यालेक्सी ए ७१ को मूल्य ३ हजार ६ सय रुपैयाँ घटाएको छ । भने ग्यालेक्सी ए ५१ को मूल्य १ हजार ३ सय रुपैयाँ घटाएको छ ।

अब नेपालमा ग्यालेक्सी ए ७१ स्मार्टफोन ४९ हजार ९ सय ९९ रुपैयाँमा पाइने छ । भने ग्यालेक्सी ए ५१ स्मार्टफोन ३९ हजार ९ सय ९९ रुपैयाँमा पाइने छ ।

त्यस्तै कम्पनीले ग्यालेक्सी नोट टेन लाइटमा पनि मूल्य घटाएको छ । सामसङले नोट टेन लाइटको मूल्य ८ हजार ६ सय रुपैयाँ घटाएको छ । अब नेपालमा नोट टेन लाइट फोन ५८ हजार ९ सय ९९ रुपैयाँमा पाइने छ ।

त्यस्तै सामसङले ट्याब ए १०.१ को मूल्य पनि २ हजार रुपैयाँ घटाएको छ । अब बजारमा ट्याब ए १०.१ ३२ हजार २ सय ९९ रुपैयाँमा पाइने छ ।