कीवर्डहरू -

भिभो भि १९ नेपालमा, यस्ता छन् फिचर

भिभो भि १९ नेपालमा, यस्ता छन् फिचर

नेपाली बजारमा भिभोको भि १९ स्मार्टफोन सार्वजनिक भएको छ । यसमा ६.४ इन्चको सुपर एमोलेड डिस्प्ले रहेको सहिर फुल एचडी प्लस रिसोलुसन रहेको छ ।

१८६.५ ग्राम तौल रहेको भिभो भि १९ मा चारवटा रियर क्यामेरा छन् । जसमा ४८ मेगापिक्सेल प्राइमरी लेन्स, ८ मेगापिक्सेल अल्ट्रा वाइड लेन्स, २ मेगापिक्सेल माइक्रो लेन्स र २ मेगापिक्सेलको डेप्थ सेन्सर रहेको छ ।

भिभि भि १९ मा ३२ मेगापिक्सेलको फ्रन्ट क्यामेरा उपलब्ध छ । यसमा क्वालकमको स्न्याड्रयाग्न ७१२ प्रोसेसर राखिएको छ ।

८ जीबी र्‍याम तथा १२८ जीबी इन्टरनल स्टोरेज रहेको यस फोनमा ४५०० एमएएचको ब्याट्री सहित ३३ वाटको फास्ट चार्जिङ रहेको छ ।

यसमा अन्डर डिस्प्ले फिङ्गरप्रिन्ट रहेको छ । भिभो भि १९ को मूल्य नेपाली बजारमा ४९ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ ।