कीवर्डहरू -

अनुमति बिना ड्रोन उडाउने ४ जना पक्राउ

अनुमति बिना ड्रोन उडाउने ४ जना पक्राउ

लाजिम्पाटमा अनुमति बिना ड्रोन उडाउने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । लाजिमपाटमा अनुमति बिना ड्रोन उडाउने मार्चिङ एण्ड प्रालिका ४ जना कमर्चारीलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ललितपुर महानगरपालिका १० बस्ने ३१ वर्षिय रवी शाक्य सहित ४ जना रहेका छन् । लाजिम्पाटमा ड्रोन उडाएको जानकारी पाएपछि महानगरीय वृत लैनचौरबाट खटिएको प्रहरीले ड्रोन उडाउदै गर्दा उनीहरुलाई पक्राउ गरेको हो ।

सोही ठाउँमा रहेको माछापुछ्रे बैंकको भवनको भिडियो खिच्न मार्चिङ एण्ड प्रालि कम्पनीलाई जिम्मा दिएकोमा उक्त ड्रोन बिनाअनुमति उडाएको र निषेधित क्षेत्रमा पुगेको पाइएको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।