कीवर्डहरू -

११ दिनमै रकम दोब्बर गर्न सकिने खल्तीको दुई गुणा अफर, यसरी हुनुहोस सहभागी

११ दिनमै रकम दोब्बर गर्न सकिने खल्तीको दुई गुणा अफर, यसरी हुनुहोस सहभागी

डिजिटल पेमेन्टलाई प्रोत्साहन गर्ने उदेश्यले खल्तीले माबोइल एप र खल्तीको वेबसाइट मार्फत कारोबार गर्ने ग्राहकहरूका लागि ‘खल्तीको दुई गुणा अफर’ नामको नयाँ योजना ल्याएको छ ।

यस अफरमा १० रूपैयाँ देखि ५०० रूपैयाँसम्म पठाउने ग्राहकमध्ये भाग्यशाली ५० जना विजेताले आफुले पठाएको रकम दोब्बर बनाउने मौका पाउने छन् । यो योजना असार १७ देखि असार २७ सम्म लागु हुनेछ ।

यो योजनामा ग्राहकले ११ दिनमै आफूले पठाएको रकम दोब्बर बनाउने अबसर पाउने छन् । यदि बिजेता नभएमा आफुले पठाएको रकम असार ३१ गते फिर्ता पाइने छ । ५० जना विजेताको घोषणा असार २८ गते गरिनेछ ।

यस योजनामा सहभागी हुने ग्राहकले असार २७ गतेसम्म केवाईसी भेरिफिकेसन गर्नुपर्ने छ । यस अफरमा खल्ती प्रयोगकर्ताका साथै एजेन्टहरु पनि सहभागी हुन् सक्ने छन् ।

सहभागी हुने तरिका

वेबसाइट मार्फत यस योजनामा सहभागी हुनको लागि खल्तीको वेबसाइटमा गई अकाउन्ट लगइन गरी ‘सर्भिसेस’ अप्सनमा जानुहोस । सर्भिसेस अप्सनमा गएपछि डबल मनिमा क्लिक गरी १० रुपैयाँ देखि ५०० रुपैयाँसम्म पठाउन सकिने छ ।

यो अपरमा सहभागी हुन खल्ती एप प्रयोगकर्ता सबैभन्दा पहिले आफ्नो मोबाइलमा भएको खल्ती एपमा जानुहोस । यदि एप डाउनलोड गर्नु भएको छैन् भने एप डाउनलोड गर्नुहोस ।

त्यसपछि अकाउन्ट लगइन गरी ‘बजार’ अप्सनमा क्लिक गर्नुहोस ।   बजार अप्सनमा गएपछि ‘खल्ती पैसा डबल अफर’ मा क्लिक गरी १० रुपैयाँ देखि ५०० रुपैयाँसम्म पठाउन सकिने छ ।

खल्तीको एन्ड्रोइड मोबाइल एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस भने । आईफोनको लागि यहाँ क्लिक गर्नुहोस । साथै वेबसाइटमा जानको लागि यहाँ क्लिक गर्नुहोस ।