कीवर्डहरू -

सचेतनाको कमि र हेलचेक्राईले गर्दा साइबर अपराध बढ्दो  

सचेतनाको कमि र हेलचेक्राईले गर्दा साइबर अपराध बढ्दो  

लकडाउनको अवधिमा प्रविधिको प्रयोग बढेसँगै बढेको साइवर अपराध धेरै जसो मानविय त्रुटिको कारण नै हुनेगरेको विज्ञहरुले बताएका छन् । विहिवार नेपाल दुरसञ्चार प्राधिकरणसँगको सहकार्यमा प्रविधि पत्रकार मञ्चले आयोजना गरेको “साइबर सुरक्षाः नेपाल कहाँ” विषयक वेबिनारमा बोल्दै साइबर सुरक्षा बिज्ञ नारायण कोइरालाले साइबर अपराध बढ्नुमा मानविय त्रुटिको नै सबैभन्दा ठुलो भुमिका रहने बताएका हुन । प्रविधिलाई प्रयोग गर्ने तर सुरक्षित रुपमा कसरी प्रयोग गर्ने भन्ने जानकारी नहुदाँ साइबर अपराध बढेको उनले बताए । उनका अनुसार करिब ९५ % साइबर अपराधहरु मानविय त्रुटिको कारण नै हुने गरेको छ । 


“कर्पोरेट संस्थाहरु पहिले पनि यस्ता साइबर आक्रमणहरु देखिने गरिएता पनि पछिल्लो समयमा भने देशमा सरकारी र वित्तिय संस्थाहरुमा पनि साइबर आक्रमण बढ्दै गएको छ,” उनले बताए, “अझ हामीले थाहा पाउने त ठुला ठुला संस्थाहरुमा भएका आक्रमण मात्रै हुन । साइबर आक्रमणले साना साना संस्थाहरुलाई पनि उत्तिकै प्रभाव पारेको देखिन्छ ।” आफुले कस्तो प्रविधि प्रयोग गरिरहेको छु र त्यसलाई सुरक्षित रुपमा कसरी प्रयोग गर्ने भनेर थाहा नहुदा र वास्ता नगर्दा यस्तो घटनाहरु धेरै घट्ने गरेको उनले बताए । 

साइबर सुरक्षा बिज्ञ नारायण कोइरालाले साइबर अपराध बढ्नुमा मानविय त्रुटिको नै सबैभन्दा ठुलो भुमिका रहने बताएका हुन । प्रविधिलाई प्रयोग गर्ने तर सुरक्षित रुपमा कसरी प्रयोग गर्ने भन्ने जानकारी नहुदाँ साइबर अपराध बढेको उनले बताए । उनका अनुसार करिब ९५ % साइबर अपराधहरु मानविय त्रुटिको कारण नै हुने गरेको छ । 


प्रविधिको प्रयोगकर्ताहरु प्रविधिलाई कसरी सुरक्षित रुपमा प्रयोग गर्ने भन्ने बारेमा मात्र नभई, साइबर अपराधको विरुद्ध कहाँ गएर रिर्पोट गर्ने, कस्तो खालको एक्सन लिने भन्ने विषयमा पनि अनविज्ञ नै रहेका उनको भनाई छ । “यहाँ थुप्रै साइबर अपराधहरुले प्रोत्साहन पाइरहेका छन् किनकी प्रयोगकर्ताहरुलाई यस्तो समयमा के गर्ने भन्ने विषयमा जानकारी नै छैन,” उनले बताए, “यसले गर्दा व्ल्याकमेलका थुपै्र घटनाहरु आज पनि बजारमा पाइन्छ । प्रविधि भयो तर हामीमा अझै पनि त्यसको ज्ञान भने कम नै छ ।”


प्रविधिको पहुँच बढेसँगै दैनिक जसो प्रयोग गरिने मोबाइल एप्लिकेशनहरु पनि सुरक्षित रुपमा प्रयोग गर्न नसक्दा ह्याकरहरुले सानो सानो जानकारीहरु पनि सजिलै पाइरहेका छन् । “त्यो ह्याकरले ह्याक गरेको भन्दा पनि त्यसलाई हामीले नै पहुँच दिएका हौ,” उनले भने, “साइवर आक्रमण न्यनिकरण गर्नको लागि सबैभन्दा सुरुमा प्रयोगकर्ता नै सचेत हुनुपर्छ अनि प्रविधिको भर पर्ने भन्दा पनि प्रविधिको प्रयोगलाई सुरक्षित गर्नुपर्छ ।”  


साइबर आक्रमणबाट बच्नको लागि आफुले प्रयोग गरिरहेको प्रविधिको समयसमयमा सुरक्षा परिक्षण गरिरहनुपर्ने कोइराला बताउछन् । “चाहे सानो होस या ठुलो हरेक संघ संस्थाहरुले आफ्नो छुट्टै प्रविधि निति बनाएर काम गर्नुपर्छ । आफ्नो कम्पनीको आईटी अडिट गराइरहनुपर्छ । कुनै पनि प्रविधि प्रयोग गर्नुभन्दा अगाडी भेन्डर सँग त्यसको सुरक्षाको ग्यारेन्टी लिन पर्छ,” उनले भने, “सानो जानकारीले पनि ह्याकरहरुले ठुला ठुला आर्थिक नोक्सानी निम्त्याउन सक्छन् ।” आफुले प्रयोग गर्न हरेक एप्लिकेशन, सफ्टवेयरहरुमा पनि मल्टिफ्यक्टर अथेन्टिकेशन प्रयोग गर्नु उचित रहेको उनले बताए । 


यद्यपि पछिल्लो समयमा नेपाली नियामक क्षेत्रहरु सुचना तथा प्रविधिको लाई लिएर थुप्रै राम्रा पहलहरु भइरहेको उनले बताए । “हाम्रो नियामक निकायहरुमा प्रविधि क्षेत्र सम्बन्धि जागरुकता आउनु, यस सम्बन्धि विभिन्न नितिहरु बन्नु पनि एउटा सकारात्मक पक्ष हो,” उनले भने, “नितिगत तवरमा प्रविधि सम्बन्धि पहलहरु भइरहे पनि कार्यन्वयनको क्षेत्रमा आएर केही पछि परेको भने चाहीँ पक्कै हो ।”
आज आयोजित कार्यक्रममा, नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुशोत्तम खनाल लगायत अन्य प्रविधि पत्रकारहरुको पनि उपस्थिति रहेको थियो