कीवर्डहरू -

रिलायन्स जिओले सार्वजनिक गर्‍यो भिडियो कन्फेरेन्सिङ टुल जिओ मिट, निःशूल्क प्रयोग गर्न सकिने

रिलायन्स जिओले सार्वजनिक गर्‍यो भिडियो कन्फेरेन्सिङ टुल जिओ मिट, निःशूल्क प्रयोग गर्न सकिने

भारतीय टेलिकम कम्पनी रिलायन्स जिओले आफ्नो भिडियो कन्फेरेन्सिङ टुल अफिसियल रुपमा ‘जिओ मिट’ सार्वजनिक गरेको छ । जिओ मिट वेब, विन्डोज, म्याक, एन्ड्रोइड तथा आईओएस लगायतका प्लेटफममा उपलब्ध रहेको छ ।

जिओ मिटमा एकपटकमा १०० जना सम्म मिटिङमा सहभागी हुन सकिन्छ । कम्पनीले यसको पहिलो घोषणा गत अप्रिल ३० मा गरेको थियो ।

जिओ मिट अहिले आएर सबैको लागि उपलब्ध भएको छ । जिओ मिट एप १ लाख भन्दा बढीले डाउनलोड गरिसकेका छन् ।

जिओ मिटमा स्क्रीन शेयरिङ तथा मिटिङ शेड्युलिङको सुविधा रहेको छ । यसमा बिना कुनै अबरोध निशूल्क २४ घण्टासम्म फ्रिमा कल गर्न सकिन्छ । जिओमा अहिले कुनैपनि सशूल्क प्लान रहेको छैन् ।

यसमा सबै मिटिङ इन्क्रिप्टेड हुने कम्पनीको दाबी रहेको छ । तर यसबारे धेरै केही खुलाएको छैन् । जिओ मिटको एन्ड्रोइड एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस भने आईफोनको को लागि यहाँ क्लिक गर्नुहोस ।