कीवर्डहरू -

इन्टेलले रिलायन्स जिओमा २५३ मिलियन डलर लगानी गर्ने

इन्टेलले रिलायन्स जिओमा २५३ मिलियन डलर लगानी गर्ने

अमेरिकी प्रविधि कम्पनी इन्टेलको लगानी शाखा इन्टेल क्यापिटलले भारतको रिलायन्स जिओमा २५३ मिलियन अमेरिकी डलर लगानी गर्ने भएको छ । यससँगै अब इन्टेल क्यापिटलको रिलायन्स जिओमा ०.३९ प्रतिशत हिस्सा हुनेछ ।

गत ११ हप्तामा रिलायन्स जिओमा लगानी गर्ने इन्टेल १२ औं कम्पनी हो । जिओ भारतको ठूलो मोबाइल नेटवर्क प्रदायक कम्पनी हो । जसको ३८८ मिलियन भन्दा बढी ग्राहक छन् ।

रिलायन्स जिओमा यसअघि फेसबुक, सिल्भर लेक, भिस्टा, जनरल अटलान्टिक लगायतका ११ कम्पनीले लगानी गरिसकेका छन् । इन्टेल क्यापिटलले फाइभजी, एआई, सञ्चार, नेक्स्ट जेनेरेशन कम्प्युटिङमा केन्द्रित भएर स्टार्टअपमा लगानी गर्दछ ।

एजेन्सीको सहयोगमा