कीवर्डहरू -

अमेजनका संस्थापक जेफ बेजोसको सम्पति १७१ अर्ब डलर, बने अहिलेसम्मकै धनी

अमेजनका संस्थापक जेफ बेजोसको सम्पति १७१ अर्ब डलर, बने अहिलेसम्मकै धनी

विश्वको लोकप्रिय अनलाइन ईकमर्स कम्पनी अमेजनका संस्थापक जेफ बेजोसको सम्पति अहिलेसम्मकै सबैभन्दा बढी भएको छ । जेफ बेजोसको सम्पति अहिले करिब १७१.६ अर्ब डलर पुगेको ब्लुमवर्गले जनाएको छ ।

कोरोना महामारीको समयमा अर्थतन्त्र खस्किएको अवस्थामा जेफ बेजोसको भने सम्पति बढेको हो । अनलाइन ईकमर्श कम्पनी अमेजनमा बेजोसको ११ प्रतिशत शेयर रहेको छ ।

गत वर्ष जेफ बजोसले आफ्नी श्रीमती म्याकेन्जी बेजोससँग डिभोर्स गर्दा उनको सम्पती कम भएको थियो । म्याकेन्जीको अमेजमा ४ प्रतिशत शेयर रहेको छ । उनको सम्पति ५६.९ अर्ब डलर पुगेको छ । म्याकेन्जी बेजोस ब्लुमवर्गको १२ औं श्रेणीमा रहेकी छिन ।