कीवर्डहरू -

बैंक तथा वित्तिय संस्थाहरुले अनुमति प्राप्त भुक्तानी सेवा प्रदायकसँग मात्रै सहकार्य गर्न सक्ने

बैंक तथा वित्तिय संस्थाहरुले अनुमति प्राप्त भुक्तानी सेवा प्रदायकसँग मात्रै सहकार्य गर्न सक्ने

अब बैंक तथा वित्तिय संस्थाहरुले नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त संस्थाहरुलाई मात्र भुक्तानी सेवा सञ्चालन गर्न डिजिटल पेमेन्ट पार्टनरको रुपमा आवद्ध गराउन सक्ने भएका छन् ।

शुक्रबार नेपाल राष्ट्र बैंकले एक सूचना प्रकाशित गरी बैंक तथा वित्तिय संस्थाहरुले भुक्तानी सम्बन्धि कार्य गर्न अनुमति लिएका संस्थाहरुलाई मात्रै डिजिटल पेमेन्ट पार्टनरको रुपमा आवद्ध गराउन सक्ने बताएको हो ।

उक्त सूचना भनिएको छ, ‘केही बैंक तथा वित्तिय संस्थाहरुले भुक्तानी सम्बन्धि कार्य गर्न अनुमति नलिएका संस्थाहरुलाई समेत डिजिटल पेमेन्ट पार्टनरको रुपमा आवद्ध गरी भुक्तानी सेवा सञ्चालन गरे गराएको भन्ने विभिन्न माध्यमबाट जानकारी आएकोमा यस बैंकको ध्यानाकर्षन भएको छ’ ।

बैंक तथा वित्तिय संस्थाहरुले भुक्तानी सेवा सञ्चालन गर्न डिजिटल पेमेन्ट पार्टनरको रुपमा अन्य संस्थासँग आवद्धता गर्नुपर्दा यस बैंकबाट अनुमति प्राप्त गरेका संस्थाहरुसँग मात्र गर्न गराउन सकिने उक्त सूचना उल्लेख गरिएको छ’ ।

यो पनि पढ्नुहोस !

एकै वर्षमा १५ भुक्तानी प्रणाली तथा सेवा प्रदायकले पाए राष्ट्र बैंकबाट अनुमति