सगुनले नेपालका केही सञ्चार माध्यम तथा समाजिक सञ्जालहरुमा प्रकाशित भ्रामक समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
एक विज्ञप्ती जारी गर्दै सगुनले भनेको छ, ‘सगुन ब्राण्डलाई बिगार्ने गलत मनसायबाट तथ्य कुराहरुका बारेमा जानकारी नलिई कपोकल्पित झुटा कुराहरु प्रचारप्रसार गरी सगुनका लगानिकर्ता, शुभचिन्तिक तथा प्रयोगकर्ताहरुमा भ्रम सिर्जना गर्न उदेश्यका साथ आएका सम्पूर्ण समाचारहरुको खण्डन गर्दछौं’ ।
अमेरिकामा दर्ता भएर नेपालको कानूनलाई पूर्ण रुपमा पालना गर्दै नेपालमा समेत कार्यालयको स्थापना गरी सञ्चालन भएको सगुनले जनाएको छ ।
नेपालीहरुको सक्रियतामा अमेरिकाको डेलावयर राज्यमा कानूनी रुपमा दर्ता भएको सगुन अमेरिकाको धितोपत्र तथा विनियम आयोगबाट शेयर सम्बन्धि कारोबार गर्न अनुमति प्राप्त गरेको र सोही आयोगको नियमभित्र रही सोही निकायले नियमन गर्दे आइरहेको सगुनले जानकारी दिएको छ ।
उक्त प्रेस विज्ञप्तीमा भनिएको छ, ‘इन्डिया प्राइभेट लिमिटेडको रुपमा दर्ता भई भारतीय रिजर्भ बैंकद्वारा असीमित रेमिट्यान्स कारोबार गर्ने सगुनले भारतमा सन् २०१५ मा अनुमति प्राप्त गरेको छ । त्यसैगरी नेपाल सरकारले तोकेबमोजिमका सबै दर्ता तथा कानुनी प्रक्रिया पूरा गरी सगुन नेपाल प्राइभेट लिमिटेड दर्ता सन् २०१७ गरिएको छ । साथै नेपाल राष्ट्र बैँकबाट तीन करोड रुपैयाँमा आवश्यकताअनुसार बढाउन सकिने गरी कारोबार गर्न स्वीकृत प्राप्त कम्पनी भएको जानकारी गराउँदछौं ।
हालसम्म विश्वका १ सय २० भन्दा बढी राष्ट्रहरुबाट ७० लाखभन्दा बढी प्रयोगकर्ता सगुनको प्लेटफर्ममा जोडिएको र धेरै प्रयोगकर्ता नेपाल, भारत र अमेरिकामा रहेका उक्त विज्ञप्तीमा उल्लेख गरिएको छ ।
हालसम्म विश्वभरबाट ४ हजारभन्दा बढी व्यक्तिले ६० लाख अमेरिकी डलरभन्दा बढी रकम सगुनमा लगानी गरिसकेको कम्पनीले जनाएको छ ।
यस्तो छ सगुनको प्रेस विज्ञप्ती