कीवर्डहरू -

डिजिटल संवादको १४औं श्रृंखलामा ग्रामिण डिजिटल कनेक्टिभिटीको बारेमा छलफल हुदै

डिजिटल संवादको १४औं श्रृंखलामा ग्रामिण डिजिटल कनेक्टिभिटीको बारेमा छलफल हुदै

लकडाउनसँगै सुरु भएको अनलाइन राउण्ड टेवल डिस्कसन (डिजिटल संवाद) कार्यक्रमको १४औं श्रृंखला अन्तर्गत आज ग्रामिण डिजिटल कनेक्टिभिटीको बारेमा छलफल हुदैछ ।

यसअघिका विभिन्न श्रृंखलामा डिजिटल एजुकेशन, डिजिटल एग्रिकल्चर, हेल्थ, डेटा, डिजिटल एजेण्डा लगायतका विषयमा विज्ञ तथा सरोकारवालासँग अन्तकृया भएको थियो । आज हुने डिजिटल सवंवादको कार्यक्रममा सरकारले दुरसञ्चार तथा इन्टरनेटको क्षेत्रमा गरिरहेका प्रयास, ग्रामिण क्षेत्रमा इन्टरनेटको समस्या तथा इस्युहरु, विभिन्न सेवा प्रदायकका प्रयासहरु र यसको समाधानको लागि सरकार र सम्वन्धित निकायले गरिरहेका प्रयासहरुको बारेमा विस्तृत अन्तकृया तथा छलफल हुनेछ ।

आज दिउसो १ बजेदखि जुममार्फत सुरु हुने कार्यक्रममा सहभागि हुन [email protected] मा इमेल वा यो लिंकमा गएर रजिस्ट्रेसन गर्नुपर्नेछ ।

कार्यक्रममा सहभागि हुन नेपाल दुरसञ्चार प्राधिकरणका ग्रामिण दुरसञ्चार विकास विभागका निर्देशक डा. सुरेन्द्रलाल हाडा, नेपाल टेलिकमका इन्जिनियर अम्रित नेपाल, आइसिटी फोरडीका निर्देशक पवन शाक्य र भेरी नगरपालिका, जाजरकोटका मेयर सिपी घर्तिको सहभागिता रहनेछ । यसैगरी भायानेट कम्युनिकेशनका निर्देशक सेवा पाठक, एभरेष्ट लिंकका सिटिओ चेछन लामा र बयलपाटा अस्पतालका सिनियर इएचआर रमेश महरको सहभागिता रहनेछ ।

यसैगरी कार्यक्रममा नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल, नेपाल टेलिकमका प्रवन्ध निर्देशक डिल्लि अधिकारी र आइस्पानका अध्यक्ष भोजराज भट्टको पनि अतिथिको रुपमा संवादमा सहभागी हुनुहुनेछ । प्रविधि विज्ञ मनोहर भट्टराई र पुर्वमन्त्री गणेश शाहले पनि कार्यक्रममा सम्वोधन गर्नुहुनेछ ।

\"\"

डिजिटल संवादका विभिन्न कार्यक्रमहरु गर्दैजादा धेरैको गुनासो र सुझाव अन्तगर्त ग्रामिण डिजिटल कनेक्टिभिटीको विषयमा वृहत छलफल कार्यक्रम राखिएको कार्यक्रमका सञ्चालक हेमपाल श्रेष्ठले जानकारी दिए । आज दिउसो १ बजेदखि जुममार्फत सुरु हुने कार्यक्रममा सहभागि हुन [email protected] मा इमेल वा यो लिंकमा गएर रजिस्ट्रेसन गर्नुपर्नेछ ।

कार्यक्रम शनिवार ठिक १ बजेदेखि जुम (अनलाइन भिडियो कन्फ्रेन्सिङ प्लाटफर्म) मार्फत सञ्चालन हुने छ । यसैगरी लिभिङ विथ आइसिटीको फेसबुक पेज लगायतबाट समेत कार्यक्रमको प्रत्यक्ष प्रशारण हुनेछ ।