कीवर्डहरू -

फन्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्ने २ जनालाई डिसहोमको प्रतिव्यक्ति एक/एक लाख रुपैयाँ नगद

फन्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्ने २ जनालाई डिसहोमको प्रतिव्यक्ति एक/एक लाख रुपैयाँ नगद

डिशहोमले ‘डिसहोममा डिलर दाईको डिस्काउन्ट’ नामक योजना अन्तर्गत लाईभ लक्की ड्रमार्फत २ जना विजेताले छनौट भएका छन् ।

गत असार १२ गते देखि असार १८ गते सम्म फन्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्ने ग्राहकहरुलाई समावेश गरेर लक्की ड्र सम्पन्न भएको हो ।

शुक्रबार साँझ ५ बजे डिशहोमको शोकेस च्यानल नम्बर १००, च्यानल नम्बर १०१ र रमाईलो टिभिबाट लाइभ लक्की ड्र मार्फत २ जना भाग्यशाली विजेता छनौट गरिएको थियो । उक्त योजना अनुसार २ जना भाग्यशाली विजेताहरुले प्रतिव्यक्ति एक एक लाख रुपैयाँ नगद प्राप्त गरेका छन् ।

असार १९ गते भएको लाईभ लक्की ड्रबाट डिसहोमको सेटअप बक्सको क्यास आईडी नम्बर ०२५५८१९७०६६ र ७१९०३७११४६४ लाई बिजेता घोषणा गरिएको छ ।

असार १९ गते देखि असार २५ गतेसम्म डिसहोमको आधिकारिक विक्रता मार्फत फन्ड ट्रासफर सेवाबाट वार्षिक रिचार्ज गर्ने ग्राहकहरुलाई असार २६ गतेको लाइभ लक्की ड्रमा समावेश गरिने छ ।